
रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।डिनिप्रो सहरमा एक महिला र तीन वर्षका एक बालकको ज्यान गएको छ।त्यस्तै, उमानमा आवासीय भवनमा भएको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । उमानमा नौ तले अपार्टमेन्टमा क्षति पुगेको छ ।क्रेमेन्चुक र पोल्टाभा सहरमा पनि विस्फोटका घटना भएका बीबीसीले जनाएको छ।कीएभका सैन्य प्रशासन प्रमुखले राजधानीमा पछिल्लो ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको जानकारी दिएका छन् ।त्यहाँ भएको हताहतीबारे थप जानकारी आउन सकेको छैन । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ।




























