
लियोनल मेस्सीविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ३–१ गोलले हरायो ।क्बललाई जानकारी नगराई साउदी अरबको भ्रमण गरेपछि मेस्सी दुई साता निलम्बनमा पर्नु भएको छ । मेस्सीविनै पीएसजीको जितमा केलियन एमबाप्पे, भिटिन्हा र फावियन रुइजले गोल गर्नुभयो ।ट्रोयसका जावियर चवेलरिनले सान्त्वना गोल फर्काउनुभयो । एमबाप्लेले आठौं मिनेटमा गोल गर्दै पीएसजीको उत्साह जगाउनुभयो । भिटिन्हाले ५९औं र फावियनले ८६औं मिनेटमा गोल गर्नुभयो । यसअघि ट्रोयसका जावियरले ८३औं मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अङ्कको अग्रता लिएको छ ।कीर्तिमानी ११औं पटक लि वानको उपाधि उचाल्ने अभियानमा रहेको पीएसजीले २५ खेलबाट ७८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लेन्सको ७२ अंक छ । पराजित ट्रोयस २२ अंकसहित तालिकाको १९औं स्थानमा छ । एजेन्सी




























