
रेशमलाई आजीवन कारावास भएको छ अब प्रचण्ड र उपेन्द्र यादवलाई कानुन बनाएर फाँसी दिनु पर्छ! भन्ने माग गरिरहेका छन् जनतासर्वोच्चको फैसलाबाट हत्या हिंसाको राजनीति गरेर स्थापित हुन खोज्ने अपराधिक मानसिकताका व्यक्तिलाई ठूलो झट्का!हिजो सर्वोच्च अदालतले तल्लो अदालतले गरेको फैसलालाई नै सदर गर्दै रेशम चौधरीलाई आजीवन कारावासका फैसला गरेको कुरामा नेपाली समाजको मत विभाजित देखिएको छ । अर्थात् नागरिकमा नै दोहोरो मापदण्ड देखिएको छ जुन प्रायजसो मुद्धामा देखिने गर्छ । हाम्रो नेपाली समाज भ्रष्ट र दोहोरो चरित्रको हुनु नै यसको मुख्य कारण हो । जस्तो उपेन्द्र यादव भन्ने व्यक्तिलाई मंसीर ४ को निर्वाचनमा जनताले हराइदिन्छन् अर्थात् यसो भन्नौ तिमी ५ वर्षका लागि अयोग्य भयौ भनेर निर्वाचन मार्फत जनताले आफ्नो फैसला दिन्छन् तर त्यही मान्छे केही महिनापछि भएको उपनिर्वाचनमा फेरि उम्मेद्वार बन्छ । नेपाली जनता उसलाई जनताले रिजेक्ट गरेपछि ५ वर्ष पर्खन नसक्ने नैतिक पतन भएको मानिस भनेर उसलाई भरमार गाली गर्छन् । त्यस्तै एमालेको टिकटमा काठमाण्डौबाट उठेर हारेको एउटा भूपू पुलिस आइजीपी पनि उपनिर्वाचनमा तनहुँतिर उम्मेद्वार बनेर पुग्छ । हामी त्यसलाई पनि नैतिक पतन भएको मानिस नै भन्छौं । गाली पनि गर्छौं । तथापि यि दुईमा अरु जेजे खराबी भए पनि एउटा इमानदारी भने देखिन्छ मंसीर ४ को आम निर्वाचनमा यिनीहरु जुन चुनाव चिन्हबाट उठेका हुन्छन् उपनिर्वाचनमा पनि त्यही चुनाव चिन्हमा भोट माग्छन् । आफ्ना लागि अवसरको खोजी गर्ने अवसरवादी, अनैतिक र गैरजिम्मेवार त यिनीहरु हुन् नै तथापि ४, ५ महिनामा नै यिनीहरु विचार, चुनाव चिन्ह र पार्टी नै परिवर्तन गरेर चाहिं जनतामा गएका हुँदैनन् तर पनि हामी यिनीहरुलाई बेइमान नै भन्छौं तर हामी त्यो डिआइजीलाई भने क्लिन चिट दिन्छौं जो मंसीर ४ मा काठमाण्डौ क्षेत्र नं. १ बाट एउटा चुनाव चिन्ह, एउट पार्टी र एउटा विचारमा जनमत माग्न गयो । जनताले उसलाई अस्वीकार गरे तर केही महिनापछिको उपनिर्वाचनमा त्यो डिआइजीले त्यो यादव र आइजपीको जति पनि नैतिकता नदेखाई चुनाव चिन्ह, पार्टी र विचार सबै बदलेर चुनाव लड्यो! अब तपाईं छात्तीमा हात राखेर सोच्नुस्, पहिला उल्लेख गरिएका २ नाम र यो पछिल्लो पात्रमा को बढी अनैतिक ? को बढी अवसरवादी ? को बढी बेइमान ? यो डिआइजी माथिका २ भन्दा झल्ला देखिएन ? अब यही आएर हामी दोहोरो मापदण्ड अपनाउँछौं र समाजलाई अझ भ्रष्टिकरण गर्नमा भूमिका निभाउँछौं ।अब अर्को र मुख्य प्रसङ्गको चर्चा गरौं, हामी भन्छौ माओवादीले १७ हजारको ज्यान लिए । अनि हामी हरेक माओवादीको सत्तोसराप गर्छौं । अहिले समाजमा माओवादी लिडर भन्नासाथ एउटा हत्याराको छवि बनेको छ भलै प्रचण्डले हामीले ४ हजार मात्र मारेको हो भनेर स्वीकार किन नगरुन् । माआवादीको कथित जनयुद्धबाट नेपाली समाजले केही नयाँ र राम्रो कुरा पायो होला तर कुनै राम्रो लक्ष्य प्राप्ति लागि हामीले कुन साधन अर्थात् कुन तरिका अवलम्बन गर्यौं भन्ने पनि महत्वपूर्ण बन्छ राजनीतिमा । राजनीतिमा मात्र होइन जीवनमा पनि यही कुरा लागु हुन्छ, कुन साधनको प्रयोग गरेर हामी साध्यमा पुग्यौं । समाजले माओवादीलाई किन घृणा गर्छ ? यसको उत्तर भनेको यिनले जनतालाई सुन्दर सपनाको भ्रम बाँडेर व्यक्ति हत्या गरे । उनीहरुले गुडिरहेको बसमा आगो लाएर महिला केटाकटीलाई समेत जलाएर निर्मम हत्या गरे, रुखमा बाँधेर घाँटी रेटेर मानिस मारे । अर्थात् उनीहरुले राजनीतिक उद्देश्य प्राप्तिको नाममा यस संसारमा त्यो बेलासम्म भएका सबै खाले नृशंशता गरे गराए । यिनीहरुले राजनीतिका नाममा हत्या र हिंसा गरे । यही कारणले आज पनि हामी भनिरहेका छौं माओवादीका ति सबै हत्याराहरुलाई राजनीतिक बन्दी भनेर कुनै पनि बहानामा छोड्ने होइन सबैलाई हत्या अभियोगमा जेल चलान गरौं । र, एक दिन यि हत्याराहरुले पनि आजीवन कारावासको सजाय पाउने नै छन् भन्ने कुरामा हामीले विश्वास गरेका छौं । विश्वास मात्र होइन राजनीतिको नाममा हत्या हिंसा गर्ने परिपाटी सदाका लागि बन्द गराउने हो भने हत्यामा संलग्न माओवादी र तिनलाई आदेश दिने तिनका लिडरहरुलाई हत्या कसुरमा सजाय गराउन सक्नै पर्छ । हत्यारा समाजमा घुमेर राजनीति गरिरहेको कुराले हामीलाई पोलेको छ । अब यसो भनिरहँदा गौर हत्याकाण्डलाई कसरी हेर्ने? के निहत्था जनताको निशंश हत्या गर्ने माओवादीलाई मार्नु जायज हो भनेर छुट दिने ? होइन राजनीतिक उद्देश्यका प्राप्तिका लागि गौर हत्याकाण्डजस्तो हत्याकाण्डमा संलग्न र त्यसलाई नेतृत्व गर्ने उपेन्द्र यादवहरुलाई पनि सर्वोच्च अदालतले आजीवन कारावासको सजाय दिनैपर्छ । यो मुद्धा खुल्नु पर्छ, चल्नु पर्छ । नत्र भोलि जोकोहीले पनि कसैको हत्या गरेर राजनीतिको बर्को ओड्न सक्छ । त्यसैले अब आउँ चुरो कुरोतिर, थारुको पहिचान र अस्तित्व स्थापित गराउने थरुवट प्रदेशजस्तो पवित्र लक्ष्य प्राप्तिको चाहना बोकेका महान् राष्ट्रवादी र सोझा थारु जातिको मुक्ति आन्दोलन र उनीहरुको पहिचानको तिब्र भावनालाई तुरुन्तै राजनीतिक अवसरमा परिणत गर्न सबैभन्दा क्रान्तिकारी देखिनका लागि मारे मरे ५० लाख दिने भन्दै जनता भड्काउने राजेन्द्र महत्तोसँगको साँठगाँठमा स्थानीय एफएम मार्फत दैनिक सोझा थारुहरुलाई यो अन्तिम लडाई हो, खुकुरी, भाला, तरबार केके छन् बोकेर अघि बढौं जो बाटो छेक्न आउँछ मारेर अघि बढौं भन्दै जनता उकास्ने मात्र होइन इण्डियाबाट भाँडाका हत्यारा ल्याएर प्रहरीमात्र होइन बच्चालाई समेत तरबारले घोपीघोपी मार्नेहरु र तिनलाई नेतृत्व दिने रेशम चौधरीलाई सर्वोच्च आदालतले दिएको आजीवन कारावासको सजाय स्वीकार गर्नुको साटो हामी विरोध गर्छौं भने त्यो हाम्रो दोहोरो मापदण्ड हुन्छ । यदि आफू बच्न आज हामी सदनमा राजबन्दीको नाममा हत्यारालाई छुटाउँछौं भने भोलि आफताप आलम जस्ता मान्छेलाई भट्टीमा पोल्नेहरु मात्र होइन जुनसुकै हत्यारा पनि त्यो विधेयकमा टेकेर छुट्न सक्छ त्यसैले आफू संलग्न रहेको पार्टीका हत्यारालाई बचाउनमा शक्ति खर्च गरिरहनुभन्दा पार्टीमा असल मान्छे ल्याउनु राम्रो हुन्छ ।रेशम चौधरीको सबालमा सर्वोच्चले जुन फैसला गरेको छ त्यो ठिक छ र यसले भोलिका दिनमा हत्या हिंसाको राजनीति गरेर शक्ति आर्जन गर्ने सपना कसैले देख्छ भने उसले सर्वोच्चले गरेको रेशम चौधरीको यो फैसला हेरेर पक्कै पनि पाइला पछि सार्छ । त्यति मात्र होइन माओवादी र मधेश आन्दोलनको नाममा हत्याहिंसाको राजनीति गरेर शक्तिमा पुगेकालाई जेल पुर्याउन पनि यो फैसला नजीर बन्छ साथै अहिले शक्तिमा भएको बेला बचे पनि शक्तिबाट झरेको दिन मेरो पनि हालत रेशम चौधरीको जस्तै हुन सक्छ भनेर यिन मुटुमा ढ्यांग्रो हरपल बजिरहन्छ ।रेशमको राजनीतिक भोक! सचेत नेपाली पार्टीका एक जना साथीले रेशमलाई भेट्न जाउँ भने । म जान नपाए पनि मैले सचेत नेपालीका केही साथीहरुलाई पठाएँ तर कोरोनाको कारण देखाएर जेलमा भेट्न दिएनछ । तथापि केही महिना अगाडि हाम्रो भेट भयो । उनले जेल बसीबसी श्रीमतिलाई मन्त्री बनाइसकेका थिए अब उनलाई जेल जेल नभएर अफिस जस्तो भएको थियो र प्रहरी उनका कर्मचारी जस्ता बनेका थिए । जेलमा उनले कफी पिलाए र उनले लेखेका पुस्तक उपहार दिए । हामी फर्कियौं । केही दिनपछि एउटा अचम्मको प्रस्ताव आयो, हाम्रो सचेत नेपाली पार्टी सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतामूलक समाजको सिद्धान्त लिएर अघि बढेको छ, उता रेशम पनि पार्टी जातिगत भयो यसलाई राष्ट्रिय पार्टी बनाउनु पर्छ भन्ने सोचमा छन्, सचेत नेपालीको वैचारिक पक्षलाई अघि बढाउने गरी रेशमको पार्टीसँग एकीकरण गरौं ।मैले भनें, कुरा गर्दै गरौं, अहिले त्यस्तो हतारो केही छैन पार्टी मिटिङमा कुरा राखौंला । सकियो । कुरा बिर्सेजस्तै भएको थियो फेरि एकीकरणको कुरा आयो, मैले भने दुई सम्धी भेट्दा त टोपी साटासाटा हुन्छ भने पार्टी एकीकरणको कुरा हचुवाको भरमा त पक्कै हुँदैन, प्रक्रियागत रुपमा जानुपर्छ, मैले भने । त्यसो भए एकपटक फेरि रेशमजीसँग भेटौं न त उहाँले पनि भेट्ने कुरा गर्नु भएको छ, मिडिएटरले भने । फेरि भेटियो । उनको पनि एकीकरणको इच्छा बुझेपछि मैले भने, त्यसो भए ठिक एउटा वार्ता टोली बनाउँ र दस्तावेज साटासाटबाट यसको शुरुवात गरौं । रेशमले हुन्छ भने । हामी छुटियौं । त्यसपछि कुरा सकियो जस्तै भयो । उनले पनि वार्ता टोली बनाएनन् हामीले पनि बनाएनौं । मैले पनि पार्टीको मिटिङ राख्नु पर्ने आवश्यकता ठानिनँ ।केही दिनपछि म ७ दिने भ्रमणमा पूर्वी नेपालतिर लागें । एक किसिमले कुरा सकिएको थियो ।केही दिनपछि सुन्छु सचेत नेपालीका ९० प्रतिशत मानिस नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरे, साथीहरुले मलाई जानेहरुको फोटो पठाएर भने । फोटोमा पार्टीको एउटा तामाङ थरको विवाहित उपाध्यक्ष जसले पार्टीकी परियार थरकी एक युवतिलाई ललाईफकाई आफूसँग राखेर उसको सम्पत्ति हात पारेपछि स्कुटी ट्रकमा ठोकाएर आत्महत्या गर्न दुरुत्साहन गरेको अपराधमा अनुशासन समितिले कार्वाही अघि बढाएको छ, फोटोमा अर्को चौधरी थरको व्यक्ति छ जसलाई आर्थिक हिनामिना गरेकोमा अदालतमा मुद्धा परेपछि पार्टीबाट निष्कासन गरिएको छ र जो केही समयपछि रेशमसँगै २ वर्षका लागि खोरमा पुग्नेवाला छ र अरु पनि पार्टीबाट निकालिएकाहरु अर्थात् वर्तमानमा पार्टीमा सदस्य नरहेका १५, २० जना फोटोमा देखिन्छन् ।यो प्रसङ्ग मैले किन उठाएको हुँ भने, एउटा मान्छे धमलाको क्लबमा २, ४ जना छौडाहरु उफारेर मेरो पार्टीमा नेपालै पसिरहेको छ भनेझैं भ्रम सृजना गरेर थोरै पनि राजनीतिक इमानदारी समेत नदेखाई बिनाहकमा अर्काको पार्टी र त्यसको अध्यक्षको बदनाम गर्न केही लोभीपापीलाई माध्यम बनाएर आफनी मन्त्री स्वास्नीबाट टिको लगाउने जस्तो तुच्छ अराजनीतिक हर्कत गर्छ भने त्यो मान्छेले मुख्यमन्त्री र मन्त्री बन्न पाउने लोभमा क्रान्तिकारी देखिएर सोझा थारुहरुलाई भ्रममा पार्न प्रहरीमाथि पहिला लाठी बर्साएर समाजलाई हत्याहिंसामा झोसेर आफू चाहिं ज्यान जोगाउन सिडियोकोमा लुक्न पुग्दैन भनेर यो दुनियाँले विश्वास गरे पनि अब म चाहिं गर्दिनँ । गोडा दुएक छौडाहरुका लागि यस्तो निच हर्कत गर्ने मानिसले मन्त्री बन्न के सम्म नगर्र्ला? त्यसकारण रेशमका यस्ता साना ठूला सबै कुकृत्यहरुको अनुसन्धान गरेर नै सर्वोच्चले आजीवन कारावासको सजाय सदर गरेको कुरामा मेरो दृढ विश्वास छ ।अब अर्को कुरा के त्यसो भए मैले थारुको भावनाको अवहेलना गरेको हो त ? होइन । बरु अब मैले भन्न चाहेको के हो भने, रेशम भन्ने मान्छेलाई थारुको मुक्ति आन्दोलनसँग कुनै सरोकार छैन । उसले थारुको भावनामाथि खेलेर आफ्नी स्वास्नीलाई मन्त्री र अरु केही नातागोतालाई सांसद बनाउनेसम्म हो । यस्ता अवसरवादी चरित्रका मानिसबाट कुनै पनि जाति र समुदायको भलो हुँदैन । कुनै पनि बेला पूरा जातिलाई यिनीहरुले अर्को गलत बाटो अपनाएर फसाउँछन् । त्यसकारण थारुहरु संगठित हुन जरुरी त छ तर यस्ता अराजनैतिक अपराधी प्रवृत्तिका व्यक्तिको नेतृत्वमा भने होइन किनकि थारु राष्ट्रवादी शक्ति हो तर अब यसको नेतृत्व रेशम जस्ता सर्वोच्चले अपराधी करार गरेका व्यक्तिको नेतृत्वमा नभएर एक इमानदार थारुले नेतृत्व गर्नुपर्छ । त्यसकारण चाँडोभन्दा चाँडो यस पार्टीमा रहेका निष्कलंक र इमानदार थारुहरुले पार्टीको अधिवेशन बोलाएर नयाँ नेतृत्वको चयन गरेर पार्टीलाई सही दिशा दिनुपर्छ । जेलमा बसेकाले स्वास्नीलाई मन्त्री र पार्टी अध्यक्ष बनाएको भरमा थारु मुक्ति आन्दोलन अघि बढ्न सक्दैन । थारुलाई मुक्ति दिने हो भने पहिलो थारुले रेशमकी स्वास्नीबाट मुक्ति पाउनु पर्छ ।रेशमलाई आजीवन कारावास भएको छ अब प्रचण्ड र उपेन्द्र यादवलाई कानुन बनाएर फाँसी दिनु पर्छ! भन्ने माग गरिरहेका छन् जनता। त्यसैले हामी दोहोरो मापदण्ड नअपनाउँ आफ्नो जाति, धर्म, भाषा, लिङ्ग र पार्टीको त कुरै छोडौं आफ्नै छोराछोरीले अपराध गरेको भए पनि उसलाई सजाय दिलाउन लागौं । अपराधी कसैको हुँदैन र कोही अपराधीको हुँदैन ।रेशमलाई आजीवन कारावास भएको छ अब प्रचण्ड र उपेन्द्र यादवलाई कानुन बनाएर फाँसी दिनु पर्छ! भन्ने माग गरिरहेका छन् जनतासर्वोच्चको फैसलाबाट हत्या हिंसाको राजनीति गरेर स्थापित हुन खोज्ने अपराधिक मानसिकताका व्यक्तिलाई ठूलो झट्का!हिजो सर्वोच्च अदालतले तल्लो अदालतले गरेको फैसलालाई नै सदर गर्दै रेशम चौधरीलाई आजीवन कारावासका फैसला गरेको कुरामा नेपाली समाजको मत विभाजित देखिएको छ । अर्थात् नागरिकमा नै दोहोरो मापदण्ड देखिएको छ जुन प्रायजसो मुद्धामा देखिने गर्छ । हाम्रो नेपाली समाज भ्रष्ट र दोहोरो चरित्रको हुनु नै यसको मुख्य कारण हो । जस्तो उपेन्द्र यादव भन्ने व्यक्तिलाई मंसीर ४ को निर्वाचनमा जनताले हराइदिन्छन् अर्थात् यसो भन्नौ तिमी ५ वर्षका लागि अयोग्य भयौ भनेर निर्वाचन मार्फत जनताले आफ्नो फैसला दिन्छन् तर त्यही मान्छे केही महिनापछि भएको उपनिर्वाचनमा फेरि उम्मेद्वार बन्छ । नेपाली जनता उसलाई जनताले रिजेक्ट गरेपछि ५ वर्ष पर्खन नसक्ने नैतिक पतन भएको मानिस भनेर उसलाई भरमार गाली गर्छन् । त्यस्तै एमालेको टिकटमा काठमाण्डौबाट उठेर हारेको एउटा भूपू पुलिस आइजीपी पनि उपनिर्वाचनमा तनहुँतिर उम्मेद्वार बनेर पुग्छ । हामी त्यसलाई पनि नैतिक पतन भएको मानिस नै भन्छौं । गाली पनि गर्छौं । तथापि यि दुईमा अरु जेजे खराबी भए पनि एउटा इमानदारी भने देखिन्छ मंसीर ४ को आम निर्वाचनमा यिनीहरु जुन चुनाव चिन्हबाट उठेका हुन्छन् उपनिर्वाचनमा पनि त्यही चुनाव चिन्हमा भोट माग्छन् । आफ्ना लागि अवसरको खोजी गर्ने अवसरवादी, अनैतिक र गैरजिम्मेवार त यिनीहरु हुन् नै तथापि ४, ५ महिनामा नै यिनीहरु विचार, चुनाव चिन्ह र पार्टी नै परिवर्तन गरेर चाहिं जनतामा गएका हुँदैनन् तर पनि हामी यिनीहरुलाई बेइमान नै भन्छौं तर हामी त्यो डिआइजीलाई भने क्लिन चिट दिन्छौं जो मंसीर ४ मा काठमाण्डौ क्षेत्र नं. १ बाट एउटा चुनाव चिन्ह, एउट पार्टी र एउटा विचारमा जनमत माग्न गयो । जनताले उसलाई अस्वीकार गरे तर केही महिनापछिको उपनिर्वाचनमा त्यो डिआइजीले त्यो यादव र आइजपीको जति पनि नैतिकता नदेखाई चुनाव चिन्ह, पार्टी र विचार सबै बदलेर चुनाव लड्यो! अब तपाईं छात्तीमा हात राखेर सोच्नुस्, पहिला उल्लेख गरिएका २ नाम र यो पछिल्लो पात्रमा को बढी अनैतिक ? को बढी अवसरवादी ? को बढी बेइमान ? यो डिआइजी माथिका २ भन्दा झल्ला देखिएन ? अब यही आएर हामी दोहोरो मापदण्ड अपनाउँछौं र समाजलाई अझ भ्रष्टिकरण गर्नमा भूमिका निभाउँछौं ।अब अर्को र मुख्य प्रसङ्गको चर्चा गरौं, हामी भन्छौ माओवादीले १७ हजारको ज्यान लिए । अनि हामी हरेक माओवादीको सत्तोसराप गर्छौं । अहिले समाजमा माओवादी लिडर भन्नासाथ एउटा हत्याराको छवि बनेको छ भलै प्रचण्डले हामीले ४ हजार मात्र मारेको हो भनेर स्वीकार किन नगरुन् । माआवादीको कथित जनयुद्धबाट नेपाली समाजले केही नयाँ र राम्रो कुरा पायो होला तर कुनै राम्रो लक्ष्य प्राप्ति लागि हामीले कुन साधन अर्थात् कुन तरिका अवलम्बन गर्यौं भन्ने पनि महत्वपूर्ण बन्छ राजनीतिमा । राजनीतिमा मात्र होइन जीवनमा पनि यही कुरा लागु हुन्छ, कुन साधनको प्रयोग गरेर हामी साध्यमा पुग्यौं । समाजले माओवादीलाई किन घृणा गर्छ ? यसको उत्तर भनेको यिनले जनतालाई सुन्दर सपनाको भ्रम बाँडेर व्यक्ति हत्या गरे । उनीहरुले गुडिरहेको बसमा आगो लाएर महिला केटाकटीलाई समेत जलाएर निर्मम हत्या गरे, रुखमा बाँधेर घाँटी रेटेर मानिस मारे । अर्थात् उनीहरुले राजनीतिक उद्देश्य प्राप्तिको नाममा यस संसारमा त्यो बेलासम्म भएका सबै खाले नृशंशता गरे गराए । यिनीहरुले राजनीतिका नाममा हत्या र हिंसा गरे । यही कारणले आज पनि हामी भनिरहेका छौं माओवादीका ति सबै हत्याराहरुलाई राजनीतिक बन्दी भनेर कुनै पनि बहानामा छोड्ने होइन सबैलाई हत्या अभियोगमा जेल चलान गरौं । र, एक दिन यि हत्याराहरुले पनि आजीवन कारावासको सजाय पाउने नै छन् भन्ने कुरामा हामीले विश्वास गरेका छौं । विश्वास मात्र होइन राजनीतिको नाममा हत्या हिंसा गर्ने परिपाटी सदाका लागि बन्द गराउने हो भने हत्यामा संलग्न माओवादी र तिनलाई आदेश दिने तिनका लिडरहरुलाई हत्या कसुरमा सजाय गराउन सक्नै पर्छ । हत्यारा समाजमा घुमेर राजनीति गरिरहेको कुराले हामीलाई पोलेको छ । अब यसो भनिरहँदा गौर हत्याकाण्डलाई कसरी हेर्ने? के निहत्था जनताको निशंश हत्या गर्ने माओवादीलाई मार्नु जायज हो भनेर छुट दिने ? होइन राजनीतिक उद्देश्यका प्राप्तिका लागि गौर हत्याकाण्डजस्तो हत्याकाण्डमा संलग्न र त्यसलाई नेतृत्व गर्ने उपेन्द्र यादवहरुलाई पनि सर्वोच्च अदालतले आजीवन कारावासको सजाय दिनैपर्छ । यो मुद्धा खुल्नु पर्छ, चल्नु पर्छ । नत्र भोलि जोकोहीले पनि कसैको हत्या गरेर राजनीतिको बर्को ओड्न सक्छ । त्यसैले अब आउँ चुरो कुरोतिर, थारुको पहिचान र अस्तित्व स्थापित गराउने थरुवट प्रदेशजस्तो पवित्र लक्ष्य प्राप्तिको चाहना बोकेका महान् राष्ट्रवादी र सोझा थारु जातिको मुक्ति आन्दोलन र उनीहरुको पहिचानको तिब्र भावनालाई तुरुन्तै राजनीतिक अवसरमा परिणत गर्न सबैभन्दा क्रान्तिकारी देखिनका लागि मारे मरे ५० लाख दिने भन्दै जनता भड्काउने राजेन्द्र महत्तोसँगको साँठगाँठमा स्थानीय एफएम मार्फत दैनिक सोझा थारुहरुलाई यो अन्तिम लडाई हो, खुकुरी, भाला, तरबार केके छन् बोकेर अघि बढौं जो बाटो छेक्न आउँछ मारेर अघि बढौं भन्दै जनता उकास्ने मात्र होइन इण्डियाबाट भाँडाका हत्यारा ल्याएर प्रहरीमात्र होइन बच्चालाई समेत तरबारले घोपीघोपी मार्नेहरु र तिनलाई नेतृत्व दिने रेशम चौधरीलाई सर्वोच्च आदालतले दिएको आजीवन कारावासको सजाय स्वीकार गर्नुको साटो हामी विरोध गर्छौं भने त्यो हाम्रो दोहोरो मापदण्ड हुन्छ । यदि आफू बच्न आज हामी सदनमा राजबन्दीको नाममा हत्यारालाई छुटाउँछौं भने भोलि आफताप आलम जस्ता मान्छेलाई भट्टीमा पोल्नेहरु मात्र होइन जुनसुकै हत्यारा पनि त्यो विधेयकमा टेकेर छुट्न सक्छ त्यसैले आफू संलग्न रहेको पार्टीका हत्यारालाई बचाउनमा शक्ति खर्च गरिरहनुभन्दा पार्टीमा असल मान्छे ल्याउनु राम्रो हुन्छ ।रेशम चौधरीको सबालमा सर्वोच्चले जुन फैसला गरेको छ त्यो ठिक छ र यसले भोलिका दिनमा हत्या हिंसाको राजनीति गरेर शक्ति आर्जन गर्ने सपना कसैले देख्छ भने उसले सर्वोच्चले गरेको रेशम चौधरीको यो फैसला हेरेर पक्कै पनि पाइला पछि सार्छ । त्यति मात्र होइन माओवादी र मधेश आन्दोलनको नाममा हत्याहिंसाको राजनीति गरेर शक्तिमा पुगेकालाई जेल पुर्याउन पनि यो फैसला नजीर बन्छ साथै अहिले शक्तिमा भएको बेला बचे पनि शक्तिबाट झरेको दिन मेरो पनि हालत रेशम चौधरीको जस्तै हुन सक्छ भनेर यिन मुटुमा ढ्यांग्रो हरपल बजिरहन्छ ।रेशमको राजनीतिक भोक! सचेत नेपाली पार्टीका एक जना साथीले रेशमलाई भेट्न जाउँ भने । म जान नपाए पनि मैले सचेत नेपालीका केही साथीहरुलाई पठाएँ तर कोरोनाको कारण देखाएर जेलमा भेट्न दिएनछ । तथापि केही महिना अगाडि हाम्रो भेट भयो । उनले जेल बसीबसी श्रीमतिलाई मन्त्री बनाइसकेका थिए अब उनलाई जेल जेल नभएर अफिस जस्तो भएको थियो र प्रहरी उनका कर्मचारी जस्ता बनेका थिए । जेलमा उनले कफी पिलाए र उनले लेखेका पुस्तक उपहार दिए । हामी फर्कियौं । केही दिनपछि एउटा अचम्मको प्रस्ताव आयो, हाम्रो सचेत नेपाली पार्टी सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतामूलक समाजको सिद्धान्त लिएर अघि बढेको छ, उता रेशम पनि पार्टी जातिगत भयो यसलाई राष्ट्रिय पार्टी बनाउनु पर्छ भन्ने सोचमा छन्, सचेत नेपालीको वैचारिक पक्षलाई अघि बढाउने गरी रेशमको पार्टीसँग एकीकरण गरौं ।मैले भनें, कुरा गर्दै गरौं, अहिले त्यस्तो हतारो केही छैन पार्टी मिटिङमा कुरा राखौंला । सकियो । कुरा बिर्सेजस्तै भएको थियो फेरि एकीकरणको कुरा आयो, मैले भने दुई सम्धी भेट्दा त टोपी साटासाटा हुन्छ भने पार्टी एकीकरणको कुरा हचुवाको भरमा त पक्कै हुँदैन, प्रक्रियागत रुपमा जानुपर्छ, मैले भने । त्यसो भए एकपटक फेरि रेशमजीसँग भेटौं न त उहाँले पनि भेट्ने कुरा गर्नु भएको छ, मिडिएटरले भने । फेरि भेटियो । उनको पनि एकीकरणको इच्छा बुझेपछि मैले भने, त्यसो भए ठिक एउटा वार्ता टोली बनाउँ र दस्तावेज साटासाटबाट यसको शुरुवात गरौं । रेशमले हुन्छ भने । हामी छुटियौं । त्यसपछि कुरा सकियो जस्तै भयो । उनले पनि वार्ता टोली बनाएनन् हामीले पनि बनाएनौं । मैले पनि पार्टीको मिटिङ राख्नु पर्ने आवश्यकता ठानिनँ ।केही दिनपछि म ७ दिने भ्रमणमा पूर्वी नेपालतिर लागें । एक किसिमले कुरा सकिएको थियो ।केही दिनपछि सुन्छु सचेत नेपालीका ९० प्रतिशत मानिस नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरे, साथीहरुले मलाई जानेहरुको फोटो पठाएर भने । फोटोमा पार्टीको एउटा तामाङ थरको विवाहित उपाध्यक्ष जसले पार्टीकी परियार थरकी एक युवतिलाई ललाईफकाई आफूसँग राखेर उसको सम्पत्ति हात पारेपछि स्कुटी ट्रकमा ठोकाएर आत्महत्या गर्न दुरुत्साहन गरेको अपराधमा अनुशासन समितिले कार्वाही अघि बढाएको छ, फोटोमा अर्को चौधरी थरको व्यक्ति छ जसलाई आर्थिक हिनामिना गरेकोमा अदालतमा मुद्धा परेपछि पार्टीबाट निष्कासन गरिएको छ र जो केही समयपछि रेशमसँगै २ वर्षका लागि खोरमा पुग्नेवाला छ र अरु पनि पार्टीबाट निकालिएकाहरु अर्थात् वर्तमानमा पार्टीमा सदस्य नरहेका १५, २० जना फोटोमा देखिन्छन् ।यो प्रसङ्ग मैले किन उठाएको हुँ भने, एउटा मान्छे धमलाको क्लबमा २, ४ जना छौडाहरु उफारेर मेरो पार्टीमा नेपालै पसिरहेको छ भनेझैं भ्रम सृजना गरेर थोरै पनि राजनीतिक इमानदारी समेत नदेखाई बिनाहकमा अर्काको पार्टी र त्यसको अध्यक्षको बदनाम गर्न केही लोभीपापीलाई माध्यम बनाएर आफनी मन्त्री स्वास्नीबाट टिको लगाउने जस्तो तुच्छ अराजनीतिक हर्कत गर्छ भने त्यो मान्छेले मुख्यमन्त्री र मन्त्री बन्न पाउने लोभमा क्रान्तिकारी देखिएर सोझा थारुहरुलाई भ्रममा पार्न प्रहरीमाथि पहिला लाठी बर्साएर समाजलाई हत्याहिंसामा झोसेर आफू चाहिं ज्यान जोगाउन सिडियोकोमा लुक्न पुग्दैन भनेर यो दुनियाँले विश्वास गरे पनि अब म चाहिं गर्दिनँ । गोडा दुएक छौडाहरुका लागि यस्तो निच हर्कत गर्ने मानिसले मन्त्री बन्न के सम्म नगर्र्ला? त्यसकारण रेशमका यस्ता साना ठूला सबै कुकृत्यहरुको अनुसन्धान गरेर नै सर्वोच्चले आजीवन कारावासको सजाय सदर गरेको कुरामा मेरो दृढ विश्वास छ ।अब अर्को कुरा के त्यसो भए मैले थारुको भावनाको अवहेलना गरेको हो त ? होइन । बरु अब मैले भन्न चाहेको के हो भने, रेशम भन्ने मान्छेलाई थारुको मुक्ति आन्दोलनसँग कुनै सरोकार छैन । उसले थारुको भावनामाथि खेलेर आफ्नी स्वास्नीलाई मन्त्री र अरु केही नातागोतालाई सांसद बनाउनेसम्म हो । यस्ता अवसरवादी चरित्रका मानिसबाट कुनै पनि जाति र समुदायको भलो हुँदैन । कुनै पनि बेला पूरा जातिलाई यिनीहरुले अर्को गलत बाटो अपनाएर फसाउँछन् । त्यसकारण थारुहरु संगठित हुन जरुरी त छ तर यस्ता अराजनैतिक अपराधी प्रवृत्तिका व्यक्तिको नेतृत्वमा भने होइन किनकि थारु राष्ट्रवादी शक्ति हो तर अब यसको नेतृत्व रेशम जस्ता सर्वोच्चले अपराधी करार गरेका व्यक्तिको नेतृत्वमा नभएर एक इमानदार थारुले नेतृत्व गर्नुपर्छ । त्यसकारण चाँडोभन्दा चाँडो यस पार्टीमा रहेका निष्कलंक र इमानदार थारुहरुले पार्टीको अधिवेशन बोलाएर नयाँ नेतृत्वको चयन गरेर पार्टीलाई सही दिशा दिनुपर्छ । जेलमा बसेकाले स्वास्नीलाई मन्त्री र पार्टी अध्यक्ष बनाएको भरमा थारु मुक्ति आन्दोलन अघि बढ्न सक्दैन । थारुलाई मुक्ति दिने हो भने पहिलो थारुले रेशमकी स्वास्नीबाट मुक्ति पाउनु पर्छ ।रेशमलाई आजीवन कारावास भएको छ अब प्रचण्ड र उपेन्द्र यादवलाई कानुन बनाएर फाँसी दिनु पर्छ! भन्ने माग गरिरहेका छन् जनता। त्यसैले हामी दोहोरो मापदण्ड नअपनाउँ आफ्नो जाति, धर्म, भाषा, लिङ्ग र पार्टीको त कुरै छोडौं आफ्नै छोराछोरीले अपराध गरेको भए पनि उसलाई सजाय दिलाउन लागौं । अपराधी कसैको हुँदैन र कोही अपराधीको हुँदैन ।




























