
फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ ।अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।
यस्तै आजै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच पनि प्रतिस्पर्धा हुने छ ।यो खेल नेपाली समयअनुसार राति ८ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।फिफा महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने छ ।




























