
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशलमव १३ अंक बढेर २ हजार ६६ दशमलव ०५ विन्दुमा पुगेको हो ।सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत वृद्धि भएको छ ।अघिल्लो कारोबार दिन रू. १ अर्ब ८८ करोड बराबरको शेयर कारोबार भएकोमा आज २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।यस दिन कारोबारमा आएका २६९ धितोपत्रको ५५ लाख ३ हजार २१ कित्ता शेयर ५७ हजार ७८९ पटकमा रू. २ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको छ ।कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ०९ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७८० कायम भएको छ ।शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिंगटी हाइड्रो इनर्जी छ । कम्पनीको शेयर मूल्य ७ दशलमव ४९ प्रतिशत बढेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. २९० पुगेको हो ।बिहीवार सबैभन्दा बढी हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१६ मा झरेको छ ।शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा सुपर मादी हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ८४ प्रतिशत घटेर रू. ३७१ कायम भएको छ ।सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. १६ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४६१ दशमलव ७० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको रू. ११ करोड १२ लाख बराबरको भएको छ ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह छ । उक्त समूहको परिसूचक २ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ ।




























