रोशन घर्ति मगर । पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिए ।आफूले गठबन्धन कायम राखेरै जान चाहेको स्पष्ट पार्दै उनले यदि कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताए।अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्नेछ। हामीलाई अरू केहीछैन’, अध्यक्ष प्रचण्डले अगाडि भने, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्।’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति पौडेलले ट्वीट गर्दै जवाफ फर्काईदिए , ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’केही समय अगाडी एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले “हामीले चाह्यौं भने एक हप्ता लाग्दैन, यो हप्तामा त ढल्छ ढल्छ”, उनले भने, “बिरालो किन्नै पर्दैन, जसले ठूलो कचौरामा दुध र भात दिन्छ उसैकोमा जान्छ, त्यसको कुनै सबाल जवाफ छैन ।”
नेकपा एसका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्रीको अफर आएको तर त्यस्तो लोभमा आफु नपर्ने बताएका छन् । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा नअपेक्षित हार व्यहोरेको नेकपा एमालेपनि चुनावको नतिजाबाट निकै आत्तिएको अनुमान सहजै गर्न सकिन्छ ।०७४ कै निर्वाचनलाई फर्केर हेर्ने हो भने स्थानिय निर्वाचनमा कांग्रेससँग मिलेर चुनावी मैदानमा होमीएको माओवादी कांग्रेसले सहयोग नगरेको भन्दै संघिय निर्वाचनमा बाम एकता भन्दै एमालेसंग कम्मर कस्न पुग्यो ।ठ्याक्कै त्यस्तै ५ दलिय गठबन्धन चुनावी माहोलमा होमीएको थियो र प्रचण्डले अपेक्षा गरेजति जित निकाल्न नसकेपनि माओवादीका अन्य नेताको लागी भने माओवादीको पक्षमा जुन नतिजा निकाल्न सफल भयो त्यो सुखद समाचार हो ।झण्डै झण्डै आफ्नो अस्तित्व गुमाउन पुगेको माओवादी केन्द्र एकपटक फेरी कांग्रसीको बैसाखीमा टेकेर भएपनि आफ्नो अस्तित्व बचायो । त्यही उत्साहमा अहिले प्रचण्ड बर्बराई रहेका छन् ।भित्रैभित्रै बामएकता प्रयासमा विदेशीको निकै ठुलो चलखेल भएको नेपथ्यमा सुनिन थालेको छ । जसकारण समेत प्रचण्ड हौसिएका हुन् सक्छन् कि यदि आफुले जित्ने अवस्था नै नभएता पनि हराउन सक्ने ताकत माओवादीमा छ ।त्यसकारण पनि माओवादी कसै न कसैले बोक्छ भन्ने भ्रमबाट उनी मुक्त नहुनु स्वभाविक पनि हो । प्रचण्डले कांग्रेसलाई दिएको धम्की अब हुने संघ र प्रदेश निर्वाचनमा अलिबढि सिट हात पार्नु । तर उनले भर्खरै स्थानिय निर्वाचनभन्दा अगाडीको राजनैतिक घटनाक्रम बिर्सिए क्यारे ।कांग्रेसका प्रमुख नेताले नै स्थानिय तहकै निर्वाचनबाट नै गठबन्धन नगर्ने अडान देखाएका थिए । माओवादीको नजरमा कांग्रेसले सोचेको भन्दा राम्रो जित निकाल्न सफल भएपछि कांग्रेसले गठबन्धनमा ईमानदारिता नदेखाएको आरोप लगाउँदै आएको छ ।जनयुद्ध देखी नै मोहन वैद्य र डा.बाबुराम भट्टराईको बिचमा खेल्दै निरन्तर माओवादीको अध्यक्ष बन्दैं आएका प्रचण्ड नेकपा हुँदा पनि माधव नेपाल र केपी शर्मा ओलीको बिचमा खेलेका थिए । त्यही स्वभाव फेरी देखाएका छन् । फेरी एकपटक पार्टीबिच राजनिति गरिरहेका छन् । उनले धम्की दिएर भएपनि अबको निर्वाचनमा कांग्रेससंग तालमेल गर्ने र आफुले ४० प्रतिशत भाग खोज्न खोजेको स्पष्ट छ ।माधव कुमार नेपाललाई एमाले उपाध्यक्ष विष्णु पौडेलले केही दिन अगाडी प्रधानमन्त्रीको अफर लिएर पुगेका थिए । उता एमाले माओवादीसंग एकता नगर्ने तर माधव नेपालको पार्टी र मधेस दल सम्पुर्णसंग तालमेल गरेर निर्वाचन गएर अबको सरकार बनाउने मनस्थिति देखिएको छ ।नेपाली राजनितिका चतुर खेलाडी पुष्पकमल दाहाल प्रचण्डको धम्कीले माओवादीलाई कति नाफा वा घाटा के हुन्छ त्यो समयले देखाउला ? तर नेपाली कांग्रेसको मनस्थिती हेर्ने हो भने हार्न तयार भएपनि प्रचण्डको धम्कीले डराउने सम्भावना कम देखिएको छ ।