प्राचीनकालमा अनेकौं राजाहरु यस्तो सोचेर डराउने गर्थे, कतै उनीहरुको खानामा विष मिलाइएको त छैन । यो डरले उनीहरुलाई चरमसीमासम्म सताउँथ्यो । पहिला ती राजा विश्वासपात्र मानिस राख्थे । स्वयं खाना खानुभन्दा पहिला उनीहरुलाई चाख्न लगाएर हेर्थे । पछि यो कामका लागि पाल्तु कुकुर, बिरालो राख्न थाले । रुसका जार निकोलस र टर्कीका सुल्तान यस्तै गर्थे ।
आखिर यस्तो किन हुन्छ ?
वास्तवमा यो एक बिनाकारणको डर हो । आज संसारका करोडौं मानिस बिनाकारण डरको छायाँमा बाँचिरहेका छन् । कुनै न कुनै डरले उनीहरुलाई सधैं सताइरहन्छ । हरेक समय कुनै न कुनै अज्ञात डरको छायाँमा घेरिरहन्छन् । एक डरपछि अर्को कुनै न कुनै डरले घेर्ने गर्छ । मान्नुस्, एक राजालाई खानामा विष दिइयो, तब के यो जरुरी छ सबै राजालाई खानामा विष नै दिइनेछ ? यस्तो खालको आशंकाले बिना कारण डर उत्पन्न गर्छ । एउटा मानिसले वाहन दुर्घटनामा आफ्नै अगाडि कोही मरेको देख्छ, तब के देख्ने मानिस पनि यसैगरी मर्नेछ ? यो केही समयपछि आफैं फुटेर नष्ट हुने खालको भावना हो ।
गम्भीरतापूर्वक विचार गर्दा अकारण भय हाम्रा लागि हाँसोको कुरा बन्छ । तब थाहा हुन्छ यसको केही अस्तित्व छैन । बिना कारणको डरका कारण हामी आफ्नो जीवनमा धेरै हानि व्यहोर्छौं । केही समयको विचारले व्यर्थको भय तुरुन्त निस्केर जान्छ । एउटा मानिसको मनमा पर्खाल ढल्यो भने ऊ मर्नेछ भन्ने डर बस्यो । यस्तो डर उसको मनमा आउनुको कारण थियो एउटा मानिस उसका अगाडि नै पर्खाल ढलेर मरेको थियो । यो व्यर्थको डरको कारण ऊ सडकको किनारमा हिंड्दैनथ्यो । सडकको किनारमा घर बनिरहन्छन् । नजिकको कुनै घरको पर्खाल उमाथि नखसोस् भन्ने डरले बीच सडकमा हिंड्न थाल्यो । सडकमा हिंड्दा धेरै खतरा हुन्छ या किनारमा हिंड्दा ? यसरी त्यो मानिस आफ्नो मृत्युलाई आफैं बोलाइरहेको थियो । कुनै एक व्यक्ति पर्खालबाट लडेर म¥यो, तब के सबै पर्खाल ढल्नेछ र सबै यसैगरी मर्नेछन् यस्तो खालको भावना नै व्यर्थको डरको कारण बन्छ । एउटा मानिस जसरी म¥यो के त्यसैगरी सबै मर्छन् ? यस्तो खालको कुनै नियम छैन ।
अधिकांश मानिसहरु यस्तो खालको डर मनमा पाल्ने गर्छौं र यसरी आफ्नो खुट्टामा आफैं बन्चरोले हान्छौं । आफ्नो प्रगति पथमा हामी आफैं बाधा बन्ने गर्छौं । हाम्रो अगाडि बाधा आँधी हुरी समान आएर बसेको छ । हामी व्यर्थमा आफूलाई सुकेको पात समान हल्का बनाइरहेका छौं र त्यसले हामीलाई उडाएर लग्छ ।
सबैभन्दा पहिला हामीले व्यर्थको डरलाई हाम्रो मनबाट निकाल्नुपर्छ ।
भविष्यप्रति व्यर्थको चिन्तामा डराएर बस्नु हानिकारक छ । यस्तो हुनेछ या हुनेवाला छ, यस्तो खालको विचार तपाईं आफ्नो मनमा भर्नुहुन्छ । यसमा तपाईं केही गर्न सक्नुहुन्न । प्रायः यस्तै हुन्छ जस्तो हामी सोचविचार गर्छौं, त्यो साँच्चै एक सत्यमा बदलिन्छ । यसको आफ्नो आधार छ । जब हामी कुनै कुराको भविष्यको बारेमा एक निश्चित धारणा बनाउँछौं, तब हाम्रो क्रियाकलाप त्यस्तै खालको हुने गर्छ । त्यसैले जस्तो हामीले सोचिराखेका छौं, त्यसको त्यस्तै फल हाम्रो अगाडि अवश्य आउनेछ । यो एक वैज्ञानिक सत्य हो ।
यस प्रकार आफ्नो भविष्यको बारेमा कुनै प्रकार व्यर्थको डर ल्याउनु आफ्नो सुख शान्ति र प्रगतिको द्वार बन्द गर्नु हो ।
मेरो एक मित्र छ । उसले आफ्नो कार्यालयमा एक बोर्ड लेखेर टाँसेको छ – ‘तिमी चिन्ता नगर ।”
हेर्दा यो बोर्ड हास्यास्पद लाग्छ र जे होस् कार्यालयमा आउनेहरुले यो पढ्छन् र मुस्कुराउन थाल्छन् । यो कुरा जसले गम्भीरतापूर्वक लिन्छ, उसले यसको गहिरो अर्थ बुझ्न सक्छ । प्रगतिशीलता, सुख र उन्नति उसैले प्राप्त गर्न सक्छ, जो वास्तवमै निश्चिन्त भएर बस्छ ! कुनै कुराको चिन्ता गर्नुहुँदैन । आखिर चिन्ता किन ? जे हुन्छ भइहाल्छ । आफ्नो काम गर्दै जानुपर्छ समयको चिन्ता किन ? यस्तो हुनेछ त्यस्तो हुनेछ, यस्तो खालको कुरा सोच्नु या विश्वास गर्नु, आफ्नो खुट्टामा बन्चरोले हान्नु हो ।
हरेक दिन समाचारपत्रमा समाचार प्रकाशित भइरहन्छ कुनै हवाई जहाज ठोकियो, यति यात्री मारिए ।
यी समाचार प्रकाशन भएपछि पनि के मानिसले हवाई यात्रा गर्दैनन् ? सबैले गर्छन् । व्यर्थको डरले ती कुरालाई आफ्नो मनमा बसाइदिने गर्छ, जुन निश्चय नै व्यर्थका हुन्छन् । यस्ता खालका कैयौं डरका भावना हाम्रो मनमा आफ्नो आसन जमाएर बस्छन् । छात्रको मनमा भय रहन्छ कतै ऊ परीक्षामा फेल हुने त हैन, नोकरीपेशा गर्ने मानिस अज्ञात भयदेखि डराइरहन्छ, कतै उसको नोकरी छुट्ने त हैन, कुरुप व्यक्ति सुन्दर पत्नी पाएर डराउँछ, कतै उसकी पत्नीले उसलाई छोड्ने त हैन, अपराध गर्ने मनमनै डराउँछ कतै उसको अपराध खुल्ने त हैन र ऊ जेल जानुपर्ने त हैन ।
यसरी सबै मानिस कुनै न कुनै प्रकारको डरले पीडित हुन्छन् ।
मनोवैज्ञानिकको भनाइ छ प्रत्येक व्यक्तिको मनमा कुनै न कुनै प्रकारको व्यर्थको डर, आंशिक रुपमा केही न केही अवश्य विद्यमान हुन्छ । संसारका कुनै मानिस यसबाट अछुतो छैनन् । एउटा डर उसको मनबाट निस्कन्छ भने अर्को डर उसको मनमा बिना कारण फैलिने गर्छ । यो एक आश्चर्यको कुरा हो मानिसलाई थाहा छैन उनीहरुलाई केको डर ? तर फेरि पनि अज्ञात डरको छायाँले उसलाई घेर्छ । भयको राक्षसले मानिसको मनमा धेरै छिटो आफ्नो रुप बदलिरहन्छ ।
मनोवैज्ञानिकको भनाइ अनुसार विभिन्न प्रकारका डरको संख्या पाँच हजारभन्दा धेरै छ । वास्तवमा भय भिन्न भिन्न रुपमा प्रकट हुन्छ । चिन्ता, ईष्र्या, कायरता, शंका, अन्धविश्वास, असहनशीलता, अतिशय लोभ, लोभीमन यी सबै एउटै डरका विविध रुप हुन्, यी सबै कुनै न कुनै रुपमा प्रकट भएर मानिसको शरीर र अंगलाई अकर्मण्य बनाउने कोसिस गर्छन् । यसले मानिसलाई अपांग बनाउँछ । वास्तवमा डर मानव जातिको महान् शत्रु हो । यो मानिसको प्रसन्नता र उसको कार्यकुशलता नष्ट गर्ने गर्छ । यस प्रकार बिनाकारण आउने डरका कारण केही मानिसले आफ्नो प्राणसमेत गुमाउँछन् ।
डरका कारण मानिस अनेक प्रकारका रोगको शिकार हुन्छ । डाक्टरको भनाइ छ धेरै रोग बिना कारणको डरका कारण लाग्छ । व्यर्थको आशंकाको कारण ऊ बिरामी पर्छ । एउटा मानिसलाई अन्धकारमा मूसाले टोक्यो । उसको मनमा डर बस्यो उसलाई सर्पले टोक्यो । यस बिना कारणको डरको कारण ऊ बेहोस भयो । डाक्टरले बारम्बार उसको उपचार गरिरहे सम्झाइरहे, तर ऊ यही डरको कारण कैयौं दिनसम्म बिरामी नै रह्यो । मानिस बेकारको डरको दास बनेर आफूलाई व्यर्थमा दुर्बल बनाउने गर्छ ।
आज सहस्र मात्र हैन, लाखौं आत्मा डरको दास भएका छन् । यो डरका अगाडि ठूला–ठूला शूरवीर पनि हार मान्छन् । डरको कारण निश्चित रुपमा कुनै काममा सफलता प्राप्त गर्ने मानिस पनि असफल हुन्छ । डरले ज्ञान र विवेक समाप्त गरिदिन्छ । यो एक यस्तो राक्षस हो जसलाई लाग्यो उसलाई खाएरै छोड्छ । डरले आज धेरै प्रतिभालाई असमयमा कुल्चिदिएको छ । अकाल डरले मानिस अकर्मण्य हुन्छ । उसलाई यसरी चिन्ताको रोग लाग्छ र हरेक पटक उसलाई यही शंका लागिरहन्छ अब यो हुनेवाला छ । डरका कारण ऊ आफ्नो भविष्यप्रति डराउने गर्छ । यिनको प्रगति तब कम हुनेछ अकारण डरले एक प्रकारले उसलाई कमजोर बनाइदिन्छ ।
अकारण डरको यति विकराल रुप हुने यो अकारण डरको वास्तविकतालाई हेर्ने हो भने आश्चर्य लाग्छ । अकारण भय एक मिथ्या कल्पना हो । उडन्ते सपना हो । अकारण डर एक यस्तो मूर्ति हो जसको कुनै अस्तित्व या वास्तविकता छैन ।
यो साबुनको फोका झैं एक क्षणमा समाप्त हुने भावना मात्र हो । बच्चाको बेलुन समान यान पनि दुर्घटनाग्रस्त हुनेछ । मानिस त्यसमा बस्न त छोड्दैनन् ! यस्तो खालको बिना कारणको डर यदि धेरै हुन थाल्यो भने दुनियाँको सारा रोकिएको समय, मानिस घर बाहिर निस्कदैनन् ।
यसै कारण तिमी निश्चिन्त भएर बस यसको आफ्नो अर्थ छ । यसको मतलब छ, कुनै कुराको चिन्ता नगर । वास्तवमा हाम्रो जीवन यस्तै हुनुपर्छ ।
चिन्ता के कुराको ?
हामीले आफ्नो काम बारम्बार निष्ठाका साथ गर्नुपर्छ ।
यही अकारण भय, अकारण चिन्ता गरेर आफ्ना लागि समस्या उत्पन्न गर्छन् । यस कारण हामी बिनाकारण रोग र संकटलाई निमन्त्रणा दिन्छौं । यसको विपरीत हामी निरन्तर जाँच र मतलबको बारेमा सोच्छौं, सदा रचनात्मक रीतिले विचार गर्छौं भने निश्चय नै हामी सबै एक रहनेछौ, सुखी र सम्पन्न हुनेछौं । यदि कतै हामी आफ्नो सीमित चेतनाबाट छुटकारा पाउन सक्छौं जसको दायरा बिनाकारणको डर हो, जसले हाम्रो जीवनलाई तुच्छ बनाएको छ र हामी यसबाट मुक्ति पाउन सक्छौं भने हाम्रो प्रगतिको बाटो आफंै खुल्न सक्छ ।
ठैंकन फ्रेंकको विचार छ बिनाकारणको डर हाम्रो आध्यात्मिक र शारीरिक दुर्बलताको सूचक हो । यो एक प्रकारले आत्मा, शरीर र मनको हार हो । बिनाकारणको डरको अर्थ हो, इच्छाअनुसार काम नहुनु, त्यसमा बाधा आउनु यसको कुप्रभावको कारणले मनको भ्रान्तिद्वारा शरीरको अन्य अंग पनि पहिला अस्थायी रहस्यबाट र पछि स्थायी रहस्यको रुपमा अकर्मण्य हुन्छ । मस्तिष्क झन् झन् क्रियाशून्य हुन्छ ।
वास्तवमा बिनाकारण डर एक कल्पना मात्र हो । उसँग आफ्नो कुनै शक्ति हँुदैन । त्यसलाई हामी बेकारमा आफ्नो भावना, विचारको कारण शक्ति दिन्छौं । यो यसै कारण दिनप्रतिदिन प्रबल भएर हामीलाई डुबाउँदै जान्छ र एकदम निश्चय रुपमा निष्क्रिय बनाइदिन्छ । जब हामी बिनाकारण डरबाट ग्रस्त हुन्छौं, तब उसलाई आफूमाथि अधिकार जमाउन दिन्छौं, तब त्यो हाम्रो त्यही कमजोरीबाट शक्ति भरेर हामीमाथि हावी हुन्छ ।
एक दार्शनिकसँग एकपटक एक व्यक्तिले प्रश्न सोधे –
संसारमा भगवान्ले बनाएको निकृष्ट वस्तु कुन हो ?
त्यो मानिसको यो प्रश्न सुनेर दार्शनिक मुस्कुराएर भने भगवानले बनाएको सबैभन्दा निकृष्ट मानिस त्यो हो, जो बिना कारण भयभीत भइरहन्छ ।”
एक मनोवैज्ञानिकले अनेकौं मानिसमाथि प्रयोग गरेर आफ्नो निष्कर्ष प्रमाणित गरे बिना कारणको डरबाट पीडित हुनेको डर सच्चाइमा बदलिने गर्छ ।
यो एक मनोवैज्ञानिक सत्य हो । त्यसैले मेरा मित्रको शब्दमा ‘हामी चिन्ता नगरी बस्नेछौं’ एकदम सही हुन्छ । चिन्ता किन गर्नु, बिना कारणको डर मनमा किन राख्नु ? यस्तो खालको भावना दबिएर हामी सबैमा आफ्नो बाटोमा बाधा उत्पन्न गर्छ । आफ्नो सुखशक्ति र परिस्थितिलाई आफू अनुकूल बनाउनका लागि कुनै प्रकारको डर राख्नुहँुदैन ।
यदि तपाईं कुनै मानिससँग प्रश्न सोध्नुहुन्छ ‘कुरा कम गर्नुहुन्छ ?’ तब उसको जवाफ हुनेछ, ‘हैन ? म कसैसँग डराउँदिन । म किन गराउँ ?’
के यो साँचो हो ? अधिकांश मानिस यस बारेमा झुटो बोल्ने गर्छन् । उनीहरुको मनमा अनेकौं प्रकारको डर बिना कारण बदलिरहन्छ । उनीहरुमध्ये अधिकांशको मनमा यो भावनाले काम गर्छ यो काम मबाट हुँदैन, हुन सक्दैन, गडबड हुनेछ कतै व्यापारमा घाटा त हुने हैन । अनेकौं प्रकारका रोगका डरले सताउनेछ कतै यो रोग लाग्ने त हैन । रुघा या टाउको दुख्ने त हैन ! यस प्रकारको भावनाले बारम्बार अधिकांश मानिसलाई ग्रसित गरिरहन्छ ।
यो पनि एक प्रकारको डर हो ।
त्यसैले मलाई डर लाग्दैन भन्नु झुटो हो । यसरी हामीले आफूलाई धोका दिइरहेका छौ । वास्तवमा जसको मनमा बिना कारण भयले काम गर्छ, उसँग गुण भएर पनि, सफलताको धेरै सम्भावना भएर पनि उसले आफ्नो हृदय प्राप्त गर्न सक्दैन ।
जतिपटक हामी आफ्नो बिनाकारण डरको कारण व्यर्थको शंका गर्न थाल्छौं, त्यतिपटक हामी आफ्नो मनलाई पनि निबन्धात्मक बनाउँछौं । आफ्नो मनलाई खोक्रो बनाउँछौं र आफ्नो योजनालाई निर्बल बनाउँछौं । यस प्रकार हामी आफूलाई व्यर्थको डरले डरपोक बनाउँछौं । यसको नतिजा असफलताका रुपमा हाम्रो अगाडि आउँछ । यसको विपरीत यदि तपाईंको मनमा डर छैन, तपाईंको मनमा विश्वास छ म यो काम गर्नेछु र गरेरै छोड्नेछु, तब यस प्रकारको सबल भावनाको कारण तपाईं यो काम गर्ने क्षमता नहुँदा नहुँदै पनि तपाईंले त्यो काम गर्नुहुनेछ । सच्चाइ त यही हो यस प्रकारको मानसिक प्रवृत्तिको कारणले ग्रस्त आफूलाई आफ्नो सफलताको उन्नतिको शिखरसम्म पु¥याउन सक्नुहुन्छ ।
यो कुरा प्रमाणित छ सबै विचारद्वारा, प्रत्येक अभिव्यक्तिमा एक तरंग उत्पन्न हुन्छ । यही तरंगले तपाईंलाई तानेर सफलतातिर लिएर जान्छ । जब कोही तपाईंका अगाडि आएर निराशा या आशंकाको कुरा गर्छ या तपाईंको मनमा आफ्नो भावना तरंगित गर्छ, तब तपाईं उबाट प्रभावित हुनुभयो भने आफ्नो खुट्टामा बन्चरोले हान्नुहुन्छ । यसको विपरीत यदि तपाईं उसको कुरा मनबाट निकाल्नुहुन्छ भने तपाईं सफलतातिर बढ्दै जानुहुनेछ । जस्तो खालको कुराले तपाईंको मनमा तरंग उत्पन्न हुनेछ त्यस्तै खालको ऊर्जा तपाईंको मनमा आउनेछ । हाम्रो कार्यक्षमता ऊर्जामा निर्भर हुन्छ ।
कुनै पनि मानिसको कार्यक्षमता उसको ऊर्जामा निर्भर छ । जति ऊर्जाको मात्रा त्यसमा हुनेछ, त्यति नै काम उसले गर्न सक्नेछ । ऊर्जा दुई प्रकारको हुन्छ । एक प्रकारको ऊर्जाबाट मनले उत्साह, उमंग र काम गर्ने दुईगुणा शक्ति प्राप्त गर्छ । दोस्रो ऊर्जाबाट हाम्रो शरीरमा आलस्य उत्पन्न हुन्छ, कामप्रति अरुचि हुन्छ, हामी निष्क्रिय हुन्छौं । काममा हाम्रो मन लाग्दैन । यस प्रकारको ऊर्जा ट्रकांप्यनमा व्यर्थैमा डर उत्पन्न हुन्छ ।
सबैलाई थाहा छ मानिसले किन विश्राम गर्छ ?
लगातार परिश्रम गरेका कारण मानिसको शरीरको ल्याक्टिक एसिड सकिन्छ ? यही एसिडको कारण मानिसमा शक्ति बनिरहन्छ थकाइको कारण पनि यही हो । जब मानिसले आराम गर्छ तब उसले अर्को एउटा अतिरिक्त शक्ति पाउँछ । विश्राम गर्नाले उसको शरीरमा ल्याक्टिक एसिड बन्छ । ल्याक्टिक एसिड डबल भएमा मानिसको शरीरमा एक प्रकारको मन आउँछ । यसले मोटो शरीरलाई शिथिल बनाउँछ । त्यसैले हाम्रो शारीरिक रचना प्रक्रिया केही यस्तो खालको छ कि हाम्रो शरीरको तरंगले आफ्नै ढंगले केही भन्छ जे भन्छ त्यस्तै प्रभाव उत्पन्न गरेर हाम्रो शरीरलाई आलस्यले भरिदिन्छ या फेरि हाम्रो शरीरमा गजबको स्फूर्ति सञ्चार गर्छ ।
व्यर्थको भयबाट ग्रसित मानिस सुखले कहिल्यै निदाउन सक्दैन ।
केही मानिस आफ्नो पारिवारिक आनुवंशिक रोगमा भयग्रस्त हुन्छन् । कसैको पूर्वजलाई केम्बरयत्र यस्तै कुनै स्वेज हो, जसलाई आनुवंशिक मानिन्छ भने उसलाई व्यर्थको डरले सताउन थाल्छ यस प्रकारको रोग हामीलाई पनि लाग्नेछ । यही डरमा एक दिन यस्तो आउँछ कि ऊ आफैं यो रोगबाट ग्रसित हुन्छ । आवश्यक छैन रोग आनुवंशिक रुपमा चलिरहोस् । कुष्ठरोगीको बच्चा कुष्ठरोगी नै हुन्छ भन्ने जरुरी छैन । व्यर्थको डरका कारणले पनि आनुवंशिक नभएका रोग आनुवंशिक बन्ने गर्छन् ।
यस्तो खालको भावना जब मानिसको मनमा आउने गर्छ तब उसको मनमा यसले केही अलग नै प्रभाव पार्छ । यसबाट उसको दैनिक चर्या प्रभावित हुन थाल्छ ।
एक मनोवैज्ञानिकको भनाइ छ हाम्रो शरीर स्वस्थ राख्नमा र हामीलाई स्फूर्ति दिने विचारको धेरै ठूलो महत्व छ । उसको भनाइ छ विचार अमृत पनि हो र विष पनि ?
राम्रो विचारले हाम्रा लागि अमृतको काम गर्छ र नराम्रो विचारले हाम्रो शरीरमा विष उत्पन्न गर्छ ? व्यर्थको भयले हाम्रो शरीरमा विष उत्पन्न गर्छ र हाम्रो शरीरलाई शिथिल बनाउँछ । काम गर्ने क्षमता दुर्बल पार्छ । यही कारणले व्यर्थको भय मानिसको काम गर्नमा धेरै शत्रु मानिएको छ ।
त्यसैले कहिल्यै पनि व्यर्थको भय मनमा ल्याउनु हुँदैन ।
व्यर्थको भय आत्महत्याको सबैभन्दा ठूलो कारण हो ।
शतप्रतिशत आत्महत्या केवल व्यर्थको भयको कारणले हुन्छ । यस्तो भयो ! हे भगवान् ! अब के हुने हो ? यस्तो कुरा कसरी हुन्छ ? रोग निको नभए के होला ? योभन्दा त मर्नु नै राम्रो हो (के थाहा रोग निको हुने हो कि हैन) कुल मिलाएर प्रत्येक आत्महत्याको पछाडि व्यर्थको भय अवश्य हुन्छ त्यसैले व्यर्थको भयबाट हामीले यथासम्भव बच्ने उपाय गर्नुपर्छ । कुनै प्रकारको डर मनमा बसाउनु हुँदैन ।
मेरो एउटा व्यापारी मित्र छ । उसँग भेट गर्ने अवसर मैले कैयौं पटक पाएँ । मलाई राम्रोसँग सम्झना छ, जबजब मैले उसँग भेट गरें, तब तब उसले आफ्नो पाचनक्रिया खराब भएको कुरा ग¥यो । दुनियामा यस्ता धेरै कम वस्तु छन् जुन उसले पचाउन सकोस् । वास्तवमा उसको पाचनक्रिया ठीक थियो । जब ऊ यस्तो खालको कुरा गथ्र्यो तब म उसँग एउटै प्रश्न सोध्थें ।
‘आज तिमीले के खायौ ?’
जुन खाना खाएको कुरा उसले गथ्र्यो त्यसमा कुनै न कुनै गरिष्ठ पदार्थ अवश्य हुन्थ्यो । उसको मनले कहिल्यै भन्दैनथ्यो उसको पाचनक्रिया ठीक छ ।
झन्झन् उसको यो व्यर्थको भय र रटाइको कारण साँच्चै उसको पाचन क्रिया यति खराब भयो कि उसको मृत्यु हुने समय नजिक आयो । यसरी व्यर्थको भयको विषबाट यस्तो भयो । विचारको जोडदार प्रभाव पर्छ । हामीले कुनै प्रकारको डर मनमा राख्नु हँुदैन । मेरो एक मित्र छ । ऊ कहिल्यै पनि व्यर्थको भय गर्दैन र भय भएमा पनि पछि हट्दैन । जब यस्तो केही हुन्छ तब उसको एउटै जवाफ हुन्छ– जे हुन्छ हुन्छ हेरौंला । यति भनेर ऊ काम गर्न थाल्छ । मैले देखें र पाएँ ऊ खतरनाकभन्दा पनि खतरनाक काम गर्ने गथ्र्यो । वास्तवमा काममा जुट्नुपर्छ, जे हुन्छ भएरै छोड्छ । यस्तो खालको भावना जसको मनमा हुन्छ उसैले आफ्नो काममा सफलता पाउँछ । उसले यस्तो सफलता हासिल गर्छ जसको कल्पना पनि उसले गरेको हुँदैन ।
योग्यता भएका वास्तविक अधिकारी व्यर्थको भयका कारण पछाडि पर्ने गर्छन् ।