साथीहरुदेखि सावधान भएर बस्नुस् । साथीहरु छिटै ईष्र्या गर्न थाल्छन्, त्यसैले उनीहरुले तपार्र्इंलाई छिटै धोका पनि दिन्छन् । साथीहरु भविष्यमा कष्टको कारण बन्न सक्छन् । यसको साटो यदि तपाईं कुनै पुरानो शत्रुलाई काममा राख्नु हुन्छ भने ऊ साथीभन्दा धेरै बफादार हुनेछ किनकि उसले धेरै कुरा साबित गर्नु पर्ने हुन्छ । त्यसैले तपाईंले शत्रुहरुदेखि होइन साथीहरुदेखि डराउने गर्नु पर्छ । यदि तपाईंको शत्रु कोही पनि छैन भने शत्रु बनाउने तरिका खोज्नुस् ।
शक्तिको कुंजी[caption id="attachment_879" align="alignnone" width="300"] Hypocrite bad woman comforting her sad friend[/caption]यो स्वाभाविकै हो आवश्यकता प¥यो भने हामी आप्mनो साथीलाई काममा राख्न चाहन्छौं । यो दुनियाँ निर्मम छ र तपाईंका साथीले त्यो निर्दयतालाई कम गर्छन् । यो बाहेक तपाईं उनीहरुलाई राम्रोसँग चिन्नु पनि हुन्छ । साथीहरु हुँदाहँुदै कुनै अपरिचितमाथि किन निर्भर रहने ?
प्राय तपाईंले आप्mना साथीहरुलाई त्यति राम्ररी चिन्नु भएकै हुँदैन जति तपाईंलाई चिनेको छु जस्तो लागेको हुन्छ । साथीहरु धेरैजसो बहस टाल्नको लागि तपाईंको होमा हो मिलाउँछन् । उनीहरु तपाईंलाई कष्ट नपुगोस् भनेर आप्mना अप्रिय गुण लुकाउँछन् । तपाईं जब मजाक गर्नु हुन्छ तब उनीहरु थोरै हाँस्छन् पनि तर इमान्दारी र सच्चाइले मित्रताको जग बलियो हुँदैन । त्यसैले वास्तवमा तपाईंलाई थाहै हुँदैन कि तपाईंको बारेमा तपाईंको साथीको वास्तविक भावना के छ । मित्रले तपाईंको अगाडि भन्ने छ, ‘उनलाई तपाईंको कविता धेरै राम्रो लाग्छ, तपाईंले गाएको धेरै मनपर्छ, तपार्इंको लुगा छनौट धेरै सुन्दर छ ।’ हुनसक्छ उसले भित्रैदेखि तपाईंको तारिफ गरिरहेको छ तर प्रायः यस्तो हुँदैन ।
जब तपाईं आप्mनो कुनै साथीलाई नोकरीमा राख्ने निर्णय गर्नु हुन्छ तब तपाईंको अगाडि ती गुणहरु विस्तारै आउने छन् जुन अहिलेसम्म उसले लुकाएको थियो । अनौठो कुरा यो छ कि तपाईंको उदारताको यो कामले सम्बन्धको सन्तुलन बिग्रन्छ । सबै मानिसहरु अवसर आप्mनो योग्यताले मिलेको हो भन्ने महसुस गर्न चाहन्छन् । त्यसैले तपाईंले गर्नु भएको उपकार उनीहरुलाई बोझ जस्तो लाग्छ । उनीहरुलाई थाहा छ कि यो काम उनीहरुले योग्यताको कारणले नभएर मित्रताको कारणले पाएका हुन् । साथीलाई काम दिनुमा एक प्रकारको उपकार लुकेको हुन्छ जुन सम्झेर ऊ मनमनै चिन्तित हुन्छ ।
साथीको प्रयोग गर्ने या उनीहरुलाई काममा राख्दा समस्या यो हुन्छ कि यसले निश्चित रुपमा तपाईंको शक्ति सीमित हुन्छ । केही मामलामा मात्र यस्तो हुन्छ कि साथीहरु कुनै कामको लागि एकदमै योग्य छन् र तपाईंको मद्दत गर्नमा अरुभन्दा सक्षम पनि । अन्तिम विश्लेषणमा योग्यता र क्षमता मित्रतापूर्ण भावनाभन्दा धेरै महत्वपूर्ण हुन्छ ।
कामकाजको सबै स्थितिमा मानिसहरुको बीचमा केही दुरी हुनु पर्छ । तपाईं साथी बनाउने होइन बरु कुनै काम गर्ने कोसिस गरिरहनु भइरहेको छ र मित्रता चाहे साँचो होस् या झूटो त्यसले यो तथ्यलाई छोप्ने छ । शक्तिको कुंजी यो हो कि तपाईंमा यसको मूल्यांकन गर्ने क्षमता हुनुपर्छ कि तपाईंलाई सबैभन्दा धेरै फाइदा कसले पु¥याउन सक्छ ।
अर्कोतिर तपाईंका शत्रु सुनका खानी हुन् जसलाई प्रयोग गर्न तपाईंले सिक्नु पर्छ । नेपोलियनका विदेश मन्त्री टेलीरेन्ड १८०७ मा नेपोलियनले फ्रान्सलाई बर्बादीको बाटोमा लिएर गइरहेको छ भन्ने निष्कर्षमा पुग्यो, त्यसैले उसले नेपोलियनको विरुद्धमा विद्रोह गर्ने निर्णय ग¥यो । टेलीरेन्ड सम्राट विरुद्ध षडयन्त्र गर्दाको परिणामप्रति पूर्णरुपमा सचेत थियो । उसलाई एउटा साथीको आवश्यकता थियो । उसले सोच्यो, यस्तो खालको अभियानमा उसले कुनै साथीमाथि भरोसा गर्न सक्दैन । उसले गुप्तचर विभागका प्रमुख फोकेलाई रोज्यो जो उसको सबैभन्दा ठूला शत्रु थियो र जसले उसको हत्या गराउने केसिस पनि गरेका थियो । उसलाई थाहा थियो उनीहरुको पुरानो दुश्मनीको कारणले दुई बीच भावनात्मक सम्झौताको अवसर मिल्ने छ । उसलाई थाहा थियो फोकेले ऊबाट केही आशा राख्ने छैन र यो साबित गर्नको लागि उसले धेरै मेहेनत पनि गर्ने छ । टेलीरेन्डले उसलाई रोजेर कुनै गल्ती गरेन । जो मानिस केही साबित गर्न चाहन्छ, उसले तपाईंको लागि आकाश जमिन एक गर्छ । अन्तमा टेलीरेन्डलाई थाहा थियो फोकेसँगको उसको सम्बन्ध आपसी स्वार्थमा आधारित हुनेछ र मित्रताको व्यक्तिगत भावनाद्वारा दुषित हुने छैन । उसको छनोट सही साबित भयो । हुन त उनीहरु नेपोलियनलाई सिंहासनच्यूत गर्न सफल भएनन् । जब यति शक्तिशाली र परस्पर विरोधी दुई व्यक्तिहरु मिलेर सम्राटको विरुद्धमा कार्य शुरु गरे तब जनताले पनि यसमा उत्सुकता देखाए र विस्तारै विस्तारै सम्राटप्रति विरोध बढ्न थाल्यो । टेलीरेन्ड र फोके बीच सुखद कार्यकारी सम्बन्ध बनिरह्यो । यसैले जब मौका मिल्छ आप्mनो दुश्मनप्रतिको घृणा त्यागेर त्यसलाई आप्mनो सेवामा राख्ने कोसिस गर्नुहोस् ।
शत्रुहरुको उपस्थितिले विचलित या दुःखी नहुनुस् । तपाईं मित्रको साटो शत्रुहरुसँग राम्रो स्थितिमा हुनु हुन्छ किनकि साथीहरुको बारेमा तपाईंलाई थाहै हुँदैन कि मित्रको भेषमा को शत्रु हो । शक्तिशाली मानिसले संघर्षबाट फाइदा उठाउँछ र आप्mनो शत्रुताको प्रयोग गर्छ । यस्तो गरेर उसले त्यो आत्मविश्वासी योद्धाको छवि बनाउँछ, जसमाथि अनिश्चितताको समयमा विश्वास गर्न सकिन्छ ।तस्वीरः
कृतघ्नताको मुख
तपाईंलाई थाहा छ यदि तपाईंले बाघको मुखमा हात हाल्नु भयो भने त्यसको परिणाम के हुनेछ ? त्यसैले तपाईं यस्तो गर्नु हुन्न । साथीहरुसँग तपाईं यस्तै खालको सतर्कता अपनाउन सक्नु हुन्न, त्यसैले यदि तपाईंले उसलाई काममा राख्नु भयो भने उसले कृतघ्नतापूर्वक तपाईंलाई काँचै चपाउँछ ।विशेषज्ञको रायः
आप्mनो फाइदाको लागि दुश्मनको प्रयोग कसरी गर्ने भनेर सिक्नुस् । तपाईंले धारतिरबाट तरवार समाउनु हुँदैन नत्र तपाईंको हात काटिने छ । यसको साटो तपाईंले बींडतिरबाट तरवार समाउनु पर्छ ताकि स्वयंको रक्षा आफंैले गर्न सक्नुहोस् । बुद्धिमान मानिसले आप्mना शत्रुहरुबाट पनि फाइदा नै लिन्छन् जब कि मूर्ख मानिसले आप्mना मित्रबाट पनि हानी पाउँछ ।
आप्mना शत्रुहरुबाट फाइदा लिनुसम्राट हिएरोलाई एक पटक उनको एउटा शत्रुले भन्यो–उनका मुखबाट अति नै गन्ध आउने गर्छ । यो कुरा सुनेर सम्राटलाई नराम्रो लागेन । उनी महलमा पुग्ने बित्तिकै रानीलाई हकार्न थाले, “तिमीले मलाई कहिल्यै यसको बारेमा किन भनिनांै ?” रानी चरित्रवान, पतिव्रता र सोझी थिइन् । उनले भनिन्, “स्वामी ! मलाई लाग्यो सायद सबै पुरुषहरुको मुखबाट यस्तै खालको गन्ध आउँछ होला ।” यसरी यो कुरा स्पष्ट हुन्छ जुन दोष स्पष्ट देखिन्छ त्यसको बारेमा हाम्रा शत्रुलाई मित्रलाई भन्दा धेरै थाहा हुन्छ ।
कसैले दिएको फाइदाको साटो नोक्सानको चाहिं बदला चुकाउनको लागि मानिसहरु धेरै तत्पर हुने गर्छन् किनकि कृतज्ञता बोझ हो र प्रतिशोध आनन्द ।
टेसी टस, ५५–१२० ईस्वीबाल्तेसर ग्रेशियन (१६०१–१६५८)