एजेन्सी - भारतको दक्षिण–पूर्व भागमा मध्यप्रदेशका आदिवासी जाति साबरामा कुमारी केटीको विवाह प्रेतात्मासँग पनि गरिन्छ, शर्त यो हुन्छ कि लोग्ने–स्वास्नी राजी हुनुपर्छ ।
साबरा जातिमा जो केटीहरु कुरामबोई यानी पुजारीन बनाइन्छन्, उनीहरुमा धेरैजसो टुटलरी यानी भूत–प्रेत आशिक हुन्छन् । यदि कुरामबोईलाई आफ्नो प्रेत प्रेमी मनप¥यो भने उसको विवाह ऊसँगै गरिदिइन्छ ।
कहिलेकाहीं यस्तो पनि हुन्छ कि कुरामबोई प्रेतात्माको स्वरुपदेखि डराएर ऊसँग विवाह गर्न अस्वीकार गरिदिन्छन् । तब यदि प्रेतात्मा मान्यो भने ठीक, नत्र यदि प्रेतात्माले त्यो केटीलाई सताउन शुरु गरिदियो भने मुश्किल पर्छ । आमरुपमा यस्तो हुन्छ कि या त प्रेतात्मा आफ्नो भयानक स्वरुप बदल्छ या फेरि कुरामबोईले नै आफ्नो विचार बदल्नु पर्छ ।
कुरामबोईहरुको अब सरकारी हस्तक्षेपले विवाह गराउने योजना पनि छ । तर यो कार्यमा आदिवासी संस्कारले बाधा पु¥याइरहेको छ । उनीहरुलाई विश्वास छ कि प्रेतात्मा हुन्छ र उनीहरुको अतृप्त इच्छा पनि हुन्छ । त्यसै पनि साबरा जातिमा कुरामबोइहरुको दुई विवाह गरिन्छ, एक प्रेतात्मासँग र अर्को शरीरधारी आत्मासँग, यानी कुनै मानवसँग ।