प्राचीनकालदेखि आजसम्म पनि सुनप्रति मानिसको मनमा धेरै आकर्षण रहेको छ । अन्य धातुबाट सुन बनाउने नाममा केही चलाख मानिसले शताब्दीयौंदेखि मानिसलाई मूर्ख बनाइरहेका छन् । पारस पत्थरको खोजीमा अनगिन्ती मानिसले आफ्नो जीवन नष्ट गरिदिए । केही मानिस मान्छन् कि किमियागरले सुन बनाउने विद्यामा सफलता पाएका थिए । सुन बनेको होस् वा नबनेको होस् तर यी तर्कहीन खोजमा लागेका किमियागरहरुले नै आधुनिक रसायन–शास्त्रको आधारशीला बनाए भन्ने सत्यतालाई अस्वीकार गर्न सकिंदैन ।राजा विक्रमादित्यको समयमा उज्जैन नगरमा व्याडी नामक एक व्यक्ति बस्थे । उनी रसायन–विद्याको खोजमा यति डुबे कि उनले आफ्नो सम्पत्तिदेखि लिएर आफ्नो जीवनसम्म नष्ट गरेका थिए । आफ्नो सबै कुरा गुमाइसकेपछि उनलाई यो विद्याप्रति घोर घृणा भयो ।
एक दिन उनी शोकमग्न नदीको किनारमा बसेका थिए । उनको हातमा त्यो भेष–संस्कार ग्रन्थ थियो, उनी आफ्नो शोधको लागि व्यवस्था पत्र लेख्ने गर्थे । निराशाले उत्तेजित भएर उनी एक–एक पत्र च्यातेर पानीमा फ्याँक्न थाले । त्यही नदीको किनारमा व्याडीदेखि केही पर प्रवाहको दिशामा एक वेश्या बसेकी थिइन् । उनले पत्र पानीमा देखेर ती मध्ये केही पानी बाहिर निकालिन् । व्याडीको दृष्टि त्यसमा तब प¥यो जब उनले पुस्तकको सारा पाना च्यातेर नदीमा फ्याँकिसकेका थिए । तब ती स्त्री उनी भएको ठाउँमा आइन् र पुस्तक च्यात्नुको कारण के हो भनेर सोधिन् ।
व्याडीले जवाफ दिए, “मलाई यसबाट केही फाइदा भएन । मैले त्यो कुरा पाइन जुन मैले पाउनुपर्ने थियो । मसँग प्रचुर धन थियो, तर यो विद्याको कारण म जोगी भएँ । सुख–प्राप्तिको आशामा कठिन परिश्रम र खोज गरेपछि अन्ततः मैले दुःख एवं निराशा नै पाएँ । यसैले मलाई यो विद्याप्रति नै घृणा भएको छ ।”
यो कुरा सुनेर ती स्त्रीले भनिन्, “त्यो काम नछोडनुस्, जसमा तपाईंले आफ्नो पूरा जीवन लगाइदिनुभएको छ । जुन सत्य छ, त्यसमा तपाईंले शंका गर्नु हुँदैन । ऋषिहरुको ज्ञान मिथ्या हुनसक्दैन । तपाईंको कामना सिद्धिमा जुन बाधा छ, त्यो सम्भवतः कुनै सूत्र विशेषलाई सही ढंगले बुझ्न नसक्नाको कारणले हो । कोसिस गर्दा त्यो बाधा निश्चय नै कुनै न कुनै दिन हटेर जानेछ । मसँग धेरै धन छ, जुन धनको मेरो लागि कुनै उपयोग छैन । तपाईं त्यो धन लिनुस् र पुनः प्रयास गर्नुस् । सफलता अवश्य मिल्नेछ ।”
प्रोत्साहन पाएर व्याडीको मनमा पुनः आशा जागेर आयो । उनले ती वेश्यासँग धन लिए र पुनः रसायन–विद्याको रहस्यको खोजीमा लागे । वास्तवमा उनी सुन बनाउने रासायनिक विधिको खोजी गरिरहेका थिए । रसायनबाट सुन बनाउने विषयमा त्यो बेलामा अनेकौं रोचक रोमाञ्चक दन्त्यकथाहरु प्रचलित थिए । प्रसिद्ध विद्वान एवं इतिहासकार अबलरुनीले व्याडी र स्वर्ण–विद्याको उल्लेख गर्दै लेखेका छन्–
“यस्ता खालका किताब प्रश्नात्मक रुपमा लेखिएका छन् । यसैले व्याडीबाट एक औषधिको व्यवस्था–पत्रको एक शब्द बुझ्नमा भूल भयो । त्यो शब्दको अर्थ थियो, यसको लागि तेल र नर–रक्त, दुवैको आवश्यकता छ । त्यो शब्द रक्तामल थियो, जसको अर्थ उनले लाल आमलक (अमला) बुझे ।”
“थाहा छ, यो भूलको के परिणाम भयो ? जब व्याडीले औषधिको प्रयोग गरे तब त्यसको केही असर भएन । तब बेचैन भएर उनी विधिबाट औषधिहरु पकाउन थाले । यो क्रियामा अग्नि–शिखाले उनको टाउको छोयो र उनको टाउको जल्यो । यसैले उनले आफ्नो टाउकोमा धेरै तेल हाले र त्यसलाई मोले । फेरि उनी कुनै कामको लागि भट्टीनेरबाट उठेर बाहिर जान लागे । उनको टाउको माथि छतमा एउटा किला बाहिर निस्केको थियो । उनको टाउको त्यहीं ठोकियो रगत बग्न थाल्यो । पीडाको कारण उनी तलतिर हेर्न थाले, त्यसले गर्दा तेलसँग मिसिएको रगतको केही थोपा उनको टाउकोको माथिल्लो भागबाट डेक्चीमा खस्यो । तर व्याडीले त्यो रगत खसेको देखेनन् । फेरि जब डेक्चीमा रसायन पाक्यो तब उनले र उनकी पत्नीले परीक्षणको लागि रसायन आफ्नो शरीरमा दले । यो क्रियाबाट आश्चर्यजनक प्रतिक्रिया उत्पन्न भयो । थाहा छ के भयो ? उनीहरु दुवै वायुमा उड्न थाले ।”
“राजा विक्रमादित्य यो अविश्वसनीय घटना सुनेर आफ्नो महलबाट बाहिर निस्किए र आफ्नो आँखाले उनीहरुलाई हेर्नको लागि प्राङ्गणमा आए । राजालाई देखेर व्याडीले भने, “मतिर हेरेर मुख खोल ।” राजाले यस्तो किन गर्थे ? उनले मुख खोलेनन् । व्याडीको मुखमा त केही भरिएको थियो जुन उनी थुक्न चाहन्थे । उनले उड्दै–उड्दै जे थुके, त्यो महलको प्रवेशद्वारा नजिकै खस्यो । आश्चर्य भयो कि ढोका नजिकै जुन वस्तु खस्यो, त्यो सुनको रुपमा थियो ।”
यस्तै अनेकौं दन्तेकथाहरु स्वर्ण–विद्या अर्थात् किमियागरीलाई लिएर प्रचलित रहेका छन् । यही कथा र रसायन शास्त्रलाई स्वर्ण विद्यासँग सम्बन्धित भ्रामक उल्लेखले रहस्यमय एवं अनौठो आकर्षण उत्पन्न गरिराखेको थियो । भारत नै के दुनियाँको तमाम भागमा प्राचीनकालदेखि नै सुनप्रति अत्यधिक मोह रहेको छ । अन्य धातुबाट सुन बनाउने नाममा केही चलाख मानिस आफ्नो कलाबाट चमत्कृत गरेर मानिसलाई बहलाइरहे । समाजका धनि मानिस सुन प्राप्त गर्नको लागि जे पनि गर्न तयार रहन्थे ।
सोच्नुस् त, सुनप्रति मानिसको मनमा कति धेरै आकर्षण थियो, जसको लागि उनीहरु आफ्नो बच्चा समेत बलि चढाउन हिचकिचाउँदैनथे ।
अबलरुनीले नै एक अन्य स्थानमा लेखेका छन्ः “सुन बनाउन चाहने मूर्ख राजाहरुको लोभको कुनै सीमा छैन । यदि उनीहरुमध्ये कुनै एकलाई सुन बनाउने इच्छा भयो भने र मानिसहरु उसलाई यो सल्लाह दिन्थे कि यसको लागि उसले केही साना–साना सुन्दर बालकको वध गर्नुपर्छ, तब त्यो राक्षस यो पाप गर्न पनि हिचकिचाउनेछैन, ऊ उनीहरुलाई बलिरहेको आगोमा फ्याँकिदिनेछ । योभन्दा त यो विद्यालाई पृथ्वीको सबैभन्दा अन्तिम सीमाभन्दा पर यस्तो स्थानमा निर्वासित गरिदिनु नै राम्रो, जहाँबाट यसलाई कसैले प्राप्त गर्न नसकोस् ।”
त्यसो त यो सत्य हो कि सुन बनाउने रासायनिक सम्भावना र तर्कहीन खोज नै आधुनिक रसायन शास्त्रको आधार बन्यो । पारस पत्थरले सुन बनाउने कल्पना पनि अत्यन्त रोचक थियो तर शताब्दीयौंसम्म भौंतारिएर पनि किमियागरले पारस पत्थर भेटेनन् ।
भारतीय रसायनको इतिहासमा नागार्जुन एक अत्यन्त महङ्खवपूर्ण नाम हो, नागार्जुनको समयमा पारोबाट चाँदी र सुन बनाउनमा पारोको यति उपयोग उल्लेखित थियो कि पारसको पर्याय नै ‘रस’ शब्द बन्यो र धेरै वर्षसम्म रसायन ‘पारद’ को नै शास्त्र रह्यो ।
तारबीज र हेमबीज, जसको सहायताले सामान्य पदार्थबाट चाँदी र सुन बनाउन सकिन्छ भनेर भारत मात्र हैन, संसारका धेरै देशमा काम थालिएको थियो । हेमबीजको नाममा यो विद्यालाई ‘हेमवती विद्या’ भनिन्थ्यो ।
नागार्जुनको ख्याति भारत बाहिर तिब्बत र चीनमा पनि फैलिएको थियो । उनी ‘रस’ विद्याका पण्डित थिए र सुन बनाउने कलामा दक्ष थिए । भन्ने गरिन्छ कि नागार्जुन विदर्भ देशका ब्राह्मण थिए । बाल्यकालमा नै उनी मगधको एक विशारदमा पुगेर बौद्ध–भिक्षु भएका थिए । नालन्दामा एक पटक घोर दुर्भिक्ष भयो । बौद्धको जीवन संकटमा प¥यो । अतः धनार्जनको लागि तमाम भिक्षुहरु चारैतिर निस्किए । यही प्रयासमा कुनै तपस्वीले नागार्जुनलाई रसायन विद्या सिकाए र सामान्य धातुबाट सुन बनाउन पनि सिकाए । अतः जब यो विद्या सिकेर नागार्जुन नालन्दा पुगे, तब बौद्धको अर्थसंकट समाप्त भयो र पछि नागार्जुन नालन्दाका मुख्य अधिष्ठाता नियुक्त भए । तिब्बतमा यस्ता अनेकौं ग्रन्थ पाइएका छन्, जसमा रसायनको विभिन्न प्रयोग गरिएको छ । तर यीमध्ये सबैभन्दा धेरै महङ्खवको ग्रन्थ बौद्ध–तन्त्र हो, जसका लेखक नागार्जुन मानिन्छन् । महायान सम्प्रदायको यो तन्त्रको नाम ‘रस–रत्नाकर’ हो । ‘रस–रत्नाकर’ मा नागार्जुनलाई एक महान् सिद्ध पुरुष बताइएको छ ।
यो ग्रन्थमा रसायन–विद्याको विषयको प्रतिपादन संवादको रुपमा छ । संवाद रत्नघोष, नागार्जुन वटयक्षिणी, शालिवाहन र माण्डव्यको बीचमा चल्छ । एक संवाद यस प्रकार छ– रत्नघोष हात जोडेर नागार्जुन समक्ष उपस्थित छन् र रस–कर्म सम्बन्धी विद्याका याचक हुन् उनी । नागार्जुन उनीसँग प्रसन्न भएर उनलाई वचन दिन्छन्, “जे तिमी सोध्छौ, त्यसको जवाफ दिनेछु । ती सबै औषधिहरु बताउनेछु, जसले मुखको चाउरीपना हटेर जानेछ, कपाल सेतो हुनेछैन र बूढेसकाल आउनेछैन ।”
नगार्जुन रहस्योद्घाटन गर्छन्– “जीवित प्राणीको हितको लागि मैले १२ वर्ष महाक्लेश सहँदै साधना गरेँ । वटयक्षिणीको सेवा गरें, तब मैले दिव्यवाणी सुनें । त्यो वाणी मसँग प्रसन्न हुँदै बोल्यो, ‘महासिद्ध ! साधु ! जे कुरा तिमीले प्रार्थना गरेका छौ, त्यो सबै म तिमीलाई दिनेछु’ ।”
यसको जवाफमा नागार्जुन उनीसँग याचना गर्छन्– “हे देवी ! यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई रसबन्ध (पारो बाँध्ने) विधि बताउनुस्, जुन तीनै लोकमा दुर्लभ छ ।”
अगाडिको एक संवादमा शालिवाहन भन्छन्, “हे देवी ! मैले स्वर्ण र रत्न, यी सबै न्यौछावर गरें । अब मलाई आदेश दिनुस् ।” यसमा देवीले भनिन्– “साधु ! हे साधु ! म तिमीलाई ती विधिहरु बताउनेछु, जसलाई माण्डव्यले सिद्ध गरेका छन् । यस्ता–यस्ता योग बताउनेछु, जसबाट सिद्ध गरिएको पारोद्वारा साधारण तामा र सीसा आदि धातुहरु स्वर्ण बन्छन् ।”
रत्नघोषले कोटिवेधिमा महारस तयार गरे, जसको एकको करोडांै भागले सामान्य धातुलाई सुनमा परिवर्तित गर्न सक्थ्यो । साथै यो रस शरीरलाई केही मृत्युको बाधाबाट पनि मुक्ति दिलाउनमा समर्थ थियो । उक्त महारसको शोधनका केही विधिहरु दिइएका छन्, जस्तो राजावर्त शोधन, गन्धक शोधन, रसक शोधन र दरद शोधन आदि ।
रस–विद्या र तन्त्र–विद्या, दुवैमा सँगसँगै दुई धाराहरु चलिरहेका थिए । एकातिर, सिद्ध–तान्त्रिकहरु रोगमुक्ति र मृत्युको भयले अमर काया प्राप्तिको लागि धातु शोधन गर्थे भने अर्कोतिर, सुन बनाउने प्रयास पनि गर्थे । रस–विद्याका आचार्य पनि यही दुवै क्रिया गर्थे ।
वास्तवमा यस्तो खालको सुन त कहिल्यै बन्न सकेन । तर किमियागर मानिसलाई ठग्नको लागि सुन बनाउने प्रदर्शन अवश्य गर्थे । केही किमियागर सुन बनाउने नामा ठगी पनि गर्थे ।
ठग किमियागर कुनै शहरमा प्रवेश गर्थे र सुन बनाउने कला सिकाउने हल्ला पिटाएर धेरै भीड जम्मा पार्थे । अनि भट्टी तातो बनाउँथे । एउटा भाँडोमा थोरै पारो हालेर त्यसमा एक ‘गुप्त चूर्ण’ हाल्थे । जब भाँडो तातो हुन्छ, किमियागर शीशाको एक छडले पारो र त्यो ‘गुप्त चूर्ण’ को मिश्रणलाई हल्लाउँथे । पारो वाष्प बनेर उड्थ्यो र भाँडोमा सुन बाँकी रहन्थ्यो ।
धनी दर्शक यो दृश्यबाट प्रभावित र रोमाञ्चित हुन्थे । तब किमियागरको गुप्त चूर्ण उच्च दाममा बिक्थ्यो र लोभी मानिस खुशी भएर सुन बनाउने अदम्य इच्छा र उत्साह लिएर घर जान्थे तर उनीहरु सुन बनाउन कहिल्यै सक्दैनथे । आपूm ठगिएको थाहा पाएर जब उनीहरु किमियागर भएको ठाउँमा फर्केर आउँथे, त्यसबेलासम्ममा ऊ धेरै टाढा पुगिसकेको हुन्थ्यो ।
प्रश्न उठ्छ कि आखिर प्रदर्शनको समयमा किमियागरले कसरी सुन बनाउँथ्यो ? कुरा वास्तवमा यो हुन्थ्यो कि किमियागर शीशाको छडको एक छेउलाई थोरै खोक्रो बनाउँथ्यो र त्यसमा पहिला नै थोरै सुन राखिदिन्थ्यो र छडको मुख मैनले टाँसिदिन्थ्यो । खोक्रो छेउलाई ऊ बत्तीको ऐंजेरुले कालो बनाइदिन्थ्यो, ताकि पहिला लुकाएको सुन नदेखियोस् । पारो र ‘गुप्त चूर्ण’ लाई तातो भाँडोमा हल्लाएपछि मैन पग्लन्छ र सुन निस्केर पात्रमा आउँछ । पारो त वाष्प बनेर उड्छ तब बाँकी रहन्छ सुन । यस प्रकार चतु¥याइँपूर्वक सुन बनाउने प्रदर्शन गरेर किमियागर मानिसलाई मूर्ख बनाउँथे र आफ्नो ‘गुप्त चूर्ण’ (जुन प्रायः काठ या सिसाको हुनेगथ्र्यो) को राम्रो मूल्य असुल गर्थे ।
हाम्रो यहाँ सिद्ध–तान्त्रिकले यो मिथ्याविद्या विकसित गरे तब पाश्चात्य जगतमा यूनानी दार्शनिकबाट प्रभावित भएर मानिसले सुन बनाउनको लागि अनेकौं कार्यहरु गरे । मिश्रित धातुले बनेको बेलामा कहिले पहेलो रंग त कहिले सेतो आउँथ्यो तब उनीहरुलाई त्यसलाई सुन या चाँदी भनेर पैसा लिन्थे र बाटो लाग्थे ।
सुन बनाउनको लागि अनौठो र अमानवीय कृत्य सिर्फ भारतमा मात्र हैन, सारा दुनियाँमा भैरहेको थियो । १५ औं शताब्दीमा गिलीज द लबेल नामक एक यस्ता स्वर्ण–पिपासु व्यक्ति थिए, जसको अपराध र सनकको दुनियाँमा कुनै उदाहरण भेटिदैन । लबेल सन् १४२० को आसपास ब्रिटानीको एक कुलीन परिवारमा जन्मिएका थिए । बाबुको मृत्युपछि उनी विशाल सम्पदाको मालिक बने । उनी सुन्दर, शिक्षित र कैयौं कुरामा विलक्षण थिए । चाल्र्स सप्तम्को युद्धमा उनले आफ्नो कौशल देखाएका थिए, जसको पुरस्कार उनले एक राज्य र मार्शल अफ फ्रान्स जस्ता उपाधि पाए । उनी आफ्नो बस्ने तौर–तरिकामा धेरै खर्चालु थिए । महङ्खवाकांक्षी त थिए नै ।
जब उनी २३ वर्षका भए तब धेरै सम्पत्तिकी मालिक्नी केगरीनसँग उनको विवाह भयो । यो विवाहपछि त उनी अरु धेरै धनी भए, आँगनमा ब्रिटानीका शूरवीर र सम्भ्रान्तहरु हर हप्ता उनको भोजमा सामेल हुन्थे, नाचगान हुन्थ्यो समारोह जम्थ्यो । उनको जिन्दगी ऐशआराम, मोजमस्तीको रंगीन दुनियाँमा डुब्दै गयो ।
धेरै लापरवाही र खर्चिलोपनाको कारण लबेलले आफ्नो राज्य समेत बेच्नुपर्ने परिस्थिति आयो । ब्रिटानीका ड्यूकसँग केही बहुमूल्य जमिनको बिक्रीको सम्झौता पनि भएको थियो । तर उनकी पत्नीले चाल्र्स सातौंको दरबारसम्म यो कुरा पु¥याइन् र बिक्री रोकियो । लबेलको खर्चको सारा बाटो बन्द गरिए । मार्शल भएको नाताले उसलाई थोरै भत्ता अवश्य मिल्थ्यो, जसले उनको खर्चको दसौं भाग पनि पूरा हुँदैनथ्यो । तर आफ्नो बानीले लाचार र विलासी लबेल आफ्ना घोडसवार, विदूषक, नर्तकीहरु र गायकलाई कसरी छोड्न सक्थे !
धन प्राप्त गर्नको लागि अब उनको झुकाव ‘अलकेमिष्ट’ अर्थात् किमियागर विद्यातिर भयो । उनी फलामलाई सुन बनाएर ब्रिटानी कुलीन माझ फेरि प्रतिष्ठित हुन चाहन्थे ।
उनले यो विद्याका गुणीहरुलाई आफ्नो घरमा बोलाए । उनले रोजर नाम गरेका एक सहायक पनि पाए । उनी नै उनको सनक र घिनलाग्दो आनन्दको साथी बने । रोजरले लबेलको भेट प्रलाती नामक एक किमियागर र एक डाक्टरसँग गराए, जसको यो विद्यामा पहिलादेखि नै गहिरो रुचि थियो । अनि त के थियो र एक शानदार प्रयोगशाला स्थापित गरियो । तीनैजना मिलेर तथाकथित ‘फिलास्फर्स स्टोन’ (पारस पत्थर) को खोज पनि शुरु भयो । सुन बनाउने यो अभियान एक वर्षसम्म चल्यो र यो समस्त अभियानको खर्च लबेलले नै दिन्थे ।
लबेलको घरमा समय–समयमा अरु किमियागर यूरोपको कुना–कुनाबाट आइरहे । महिनौंसम्म बीसौं किमियागर एक साथ जुटेर तामाबाट सुन बनाउने प्रयास गर्दैरहे । जब अवधि अगाडि बढ्दै गयो, लबेलले आफ्नो धैर्य गुमाउँदै गए । क्रोधमा आएर अचानक उनले सबैलाई निकालिदिए । तर प्रेलाती र डाक्टर अझै पनि उनका साथी बनिरहे ।
डाक्टरले लबेललाई आफ्नो विश्वासमा लिँदै बताए कि शैतान महान् छन् र उनी ती कैयौं गुप्त–विद्याका स्वामी हुन् । उनले यो पनि वाचा गरे कि उनी शैतानसँग लबेलको सम्पर्क गराइदिनेछन् । यो चक्करमा आधा रातमा उनीहरु छेउको जंगलमा गए । त्यहाँ डाक्टरले एक जादुमय घेरा कोरे र ‘अँध्यारोको राजकुमार’ (शैतान) को निमित्त लगातार कैयौं क्रियाहरु गरे । बीच–बीचमा उनी यस्तो कार्य गर्थे, जस्तो उनी कसैसँग आमने–सामने भएर कुराकानी गरिरहेका छन् । यहाँ पनि अन्ततः लबेलको धैर्यको बाँध टुट्यो । लबेलले झर्को मान्दै त्यो ढोंग बन्द गराइदिए । फेरि डाक्टरले उनलाई सम्झाए कि चितुवाको रुपमा दुरात्माको स्वामीले उनलाई संदेश दिएको छ कि तिमीहरु स्पेन र अफ्रिका गएर खास जडीबुटी लिएर आओ, जुन अन्यत्र पाइँदैन र जसको रसायनले सुन बनाउन सकिन्छ । लबेलले तुरुन्त ती डाक्टरलाई धेरै धन दिएर जडीबुटी खोज्नको लागि पठाइदिए र ती डाक्टर फेरि फर्केर कहिल्यै आएनन् ।
यसका बावजुद लबेलको सुन बनाउने भोक यति तीव्र थियो कि उनले त्यो पागलपन छोड्न सकेनन् । अब उनी शैतानको आराधनाको नाममा क्रूरतम अपराध गर्न थाले । इटालियन किमियागर प्रेलाती फेरि उनका सहयोगी बने तर उनले यस्तो शर्त राखे कि यस पटक सुन बनाउने नयाँ अभियानमा लबेलले बाधा पु¥याउने छैनन् र चुपचाप आवश्यक सामान जुटाइरहनेछन् ।
यो गुप्त अभियानको अवधिमा बालक र बालिकाहरु गायब भएको घटना घट्न थाल्यो र हल्ला फैलिन थाल्यो । अन्ततः चर्चले हस्तक्षेप गर्नुप¥यो । मामलाको छानबिनको लागि ४ जजको समिति गठित गरियो । लबेललाई अपराधी ठहराइयो । उनीमाथि न्यायाधीशले जादूगरी, अप्राकृतिक यौनाचार र बाल–बालिकाको हत्याको अभियोग लगाए ।
अब यो प्रमाणित भएको थियो कि लबेल आफ्नो उन्मादी आनन्द र सुन प्राप्त गर्नको लागि अबोध बच्चा गायब गरेर अमानवीय कृत्यपछि उनीहरुको हत्या गरिदिन्थे । प्रेलातीले न्यायाधीशसँग क्षमायाचना गर्दै लबेलको सारा रहस्य खोले र फेरि लबेलले स्वयं पनि सारा अपराध स्वीकार गरे कि उनले तीन वर्षको समयमा उनको इलाकाका लगभग १०० अबोध बच्चाको बलि चढाएका थिए । उनी बच्चाको बलि चढाएर शैतानलाई खुशी बनाउन चाहन्थे, जसबाट खुशी भएर शैतानले उनलाई ‘फिलास्फर्स स्टोन’ को रहस्य बताउनेछन् र उनी सुन बनाएर सम्पन्न हुनेछन् ।
२७ अक्टोबर, १४४० मा लबेललाई मृत्युदण्ड दिइएको थियो । तथाकथित स्वर्ण विद्याको रहस्य थाहा पाउने र सुन बनाउने चक्करमा डरलाग्दो अपराधीको अन्त्य भयो । पछि रसायन विज्ञानको प्रगतिसँगै किमियागरको पोल खुल्दै गयो र बिस्तारै शताब्दीयौंदेखि चलिआएको यो पागलपनको कार्य समाप्त भयो ।