गौर । राहुल साहको हत्यारालाई कारवाहीको माग गर्दै आज रौतहटको गौरमा पीडितले प्रदर्शन गरेका छन् । साहको हत्या भएको महिनौ वित्दा समेत प्रहरी प्रशासनले हत्यारालाई कारवाही नगरेकाले पीडित परिवार प्रदर्शनमा उत्रिन बाध्य भएको हो । प्रहरी प्रशासनको विरुद्धमा नारावाजी गर्दै प्रदर्शनकारीले साहको हत्यारालाई कारवाही गर्नुपर्ने, उनलाई शहिद घोषणा गरी पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतमा माग गरेका छन् ।
रौतहट जिल्ला राजदेवी नगरपालिका–६ कड़वाना निवासी मृतक राहुल साहको हत्या यही कार्तिक २७ गते मुडवलवा माध्यमिक बिधालयमा भएको थियो । साहको हत्यामा संलग्न दोषीहरुलाई कानून बमोजिम कारवाईको माग गर्दै पीडित परिवारहरू निरन्तर संघर्ष गर्दै आएको छ । तर हत्या भएको महिनौं वित्दा समेत हत्यारालाई प्रहरीप्रशासनले कारवाही गर्न सकेको छैन् ।