रुकुमका नवराज विकसहित ६ जनाको ज्यान गएको दिनको घटनाको सन्दर्भमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।जात व्यवस्था उन्मूलन मोर्चा नेपाल लगाएतका संस्थाहरुले काठमाडौंको माइतिघरमा जेठ १० जात व्यवस्था विरुद्धको विद्रोह दिवसको सन्दर्भमा प्रदर्शन गरेका हुन् । घटनालाई दलित अधिकारकर्मीहरुले ‘रुकुम नरसंहार’ का रुपमा सम्झना गदै सरकारको ध्यानाकर्षण गरेका हुन् । गैरदलित समुदायकी किशोरीसँगको प्रेम सम्बन्धलाई किशोरीको परिवारले अस्विकार गरेपछि उनलाई भगाएर विहे गर्न साथीहरुसहित नवजार २०७७ साल जेठ १० गते साँझ रुकुम पश्चिमको सोतीमा पुगेका थिए । उनीहरुलाई युवती पक्षले कुटपिट गर्दै लखेट्दा नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।