
काठमाडौं । सेयर बजारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन एक दशमलव ८५ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से आज पुन तीन दशमलव ४३ अंकले ओरालो लागेर दुई हजार छ दशमलव ७८ अंकमा बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ ।धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ५२ हजार ६५ पटक सेयर किनबेच भएको छ । जसबाट कुल ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६३ करोड ६२ लाख ३३ हजार नौं सय ८६ रुपैंयाँ ६७ पैसा पुगको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।




























