
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । वडा नम्बर ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरभित्र प्रवेश गर्दै खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल प्रहार गरेका थिए ।गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका छन् । पेस्तोल चलाउने शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबी रहेको खुल्न आएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।




























