
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ।आइतबार साँझ हलेसी बजारमा रहेको एक हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको थियो ।स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रण बाहिर गएको वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् । पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट सुरु भएको आगो निरन्तर फैलिएको थियो । आगलागीबाट तीनवटा घर जलेर नष्ट भएका छन् ।आगलागीबाट दुईवटा घरमा पूर्णरूपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको छ । पानी अभाव भएका कारण आगो निभाउन ढिलाइ भएको उनको भनाइ थियो ।
आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।
गलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय जुटेका थिए । आगो बेलुका करिब साढे १० बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।




























