
काठमाण्डाै - सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।हिजो सुनकाे भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।




























