ढोरपाटन (बागलुङ)| ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुँदै गएको छ । बिशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्येक बर्ष सिकार खेल्नेको संख्या बृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य बृद्धि हुँदै जाँदा राजश्वमा बृद्धि हुन थालेको हो । ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ । दुई सिजनमा हन्टिङको निम्ती टेन्डर आब्ह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ । विदेशीका निम्ती सिकार शोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका बन्य जन्तुको सिकार हुँदै आएको छ । गत आर्थिक बर्षमा कुल ३ करोड ४८ लाख राजश्व संकलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा राजश्व बृद्धि गर्न सफल भएको हो । चालु आर्थिक बर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट , प्रर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख संकलन भएकोक छ । त्यस्तै काठ दाउरा र नदिजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्याण्ड हुँदै गर्दा हेलीकप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड ६२ लाख ३० हजार राजश्व संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृति मन्दिप पँगेनीले जानकारी दिनुभयो ।सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन । प्रत्येक पाँच बर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक बर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पँगेनीले बताउनु भयो ।