
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । प्रचण्डको तस्बिर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
चितवनको भरतपुर विमानस्थलबाट काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।शनिबार हेटौंडामा भएको पार्टीको कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए । तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।




























