काठमाडौं– डिजिटल वालेट ‘आइएमई पे’ ले ‘लोड पे विन!’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत आइएमई पे प्रयोगकर्तालाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।मंसिर २० देखि पुस २० गतेसम्म १ महिनाका लागि चल्ने योजनामा आइएमई पेका सेवाग्राहीले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले एक हजार बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधीभरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।प्रयोगकर्ताले आइएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’ कनेक्ट आईपीएस, ई एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्समार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।यस योजनामा सहभागी हुन प्रयोगकर्ताले कम्तीमा एक हजार आइएमई पेमा लोड गर्नुपर्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ । बम्पर विजेताले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।