
काठमाडौं ।उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाइ सुधार गर्न परिणाममुखी काम भइरकेको बताउनुभएको छ ।राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखा परेका समस्यालाई समाधान गर्दै सुधार गर्न परिणाममुखी काम भइरहेको बताउनुभएको हो ।सरकारमा रहेर औषत काम गरेर सूची बढाउने र दिन बिताउने पक्षमा आफुहरु नभएको भन्दै उहाले दुरगामी महत्वका उपलव्धी हासिल गर्ने गरि काम गर्ने जिकिर गर्नुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्र क्षेत्रलाई तीव्रतर रुपमा अघि बढाउन नै सरकारले अध्यादेश ल्याएको बताउनुभयो । उहाले बैंकहरुमा देखिएको तरलतालाई उत्पादन, उत्पादकत्व बृद्धि र रोजगारी सिर्जनाका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा बित्तिय क्षेत्रमाथि लगाएका भ्रममा नपर्न आग्रह गर्दै कुनै पनि निक्षेपकर्तालाई डुव्न नदिने स्पष्ट पार्नुभयो । कुनै संस्थामा समस्या भए त्यसको तथ्याङ्क राष्ट्र बैंकसंग हुने भएकाले अफवाहका पछाडी लाग्न नहुने उहाले बताउनुभयो । बाइट......उहाले बैंक तथा बित्तियसंस्थामा उतारचढाव आउन सक्ने भएकाले त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।




























