
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन काठमाडौं- निजगढ फास्ट ट्रयाकको अवलोकन गरेका छन् ।मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकनका लागि पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाक बनाइरहेको नेपाली सेनासँग निर्माण प्रगतिबारे जानकारी लिएका थिए ।आयोजनाको स्वीकृत डिपिआर अनुसार फास्ट ट्रयाक बनाउन १७५ अर्ब लागत अनुमान गरिएको छ ।७२.५ कि.मी. लामो फास्ट ट्रयाकमा ३ वटा सुरूङ मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलको लम्बाइ १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाइ ५५.५ कि.मी. रहेको छ ।२०८१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि उक्त समयमा निर्माण सकिने सम्भावना छैन ।




























