
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ ।आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । गत बुधबार सेयर बजार एकैदिन ५२ अंकले बढेको थियो । बिहीबार ११.१० अंकले करेक्सन भएको बजारले आइतबार समेत करेक्सनलाई निरन्तरता दिएको हो ।आज ९ अर्ब १२ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ११६ कम्पनीको शेयर मूल्य बढ्दा १२१ को घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।२ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाउँदा ४ कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहे ।




























