
काठमाडौं।कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ ।मंगलबार स्थगित भएको उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो ।उक्त महाधिवेशनमा उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो ।




























