काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर महिनामा गर्ने तयारी भएको बताएका छन् ।मंसिरलाई आधार मानेर उम्मेदवार र सीट बाँडफाँडको विषयमा छलफल शुरू भएको उनले बताए ।‘प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा जुट्नुपर्नेछ, मंसिरलाई आधार मानिरहेका छौं, ६ महिनापछि चुनाव हुन्छ । उम्मेदवारको बारेमा, सीट विभाजनको बारेमा छलफल गरिरहेका छौं,’ नेता नेपालले भने ।चुनावमा अहिलेको सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने भएपनि संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिइएको नेता नेपालले बताए ।
मतपत्रमा भएको त्रुटिका कारण आफूहरूले कतिपय स्थानमा पराजय बेहोर्नु परेको नेपालले बताए ।