
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चाले बजारमा उछाल आएको हो । आज नेप्से ४९.०९ अंकले बढेर २ हजार ६ सय ७७ दशमलव ४५ विन्दुमा बन्द भएको हो । आजको कारोबारमा २२९ कम्पनीको शेयरमूल्य बढ्दा १५ को घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।लामो समयसम्म किचलो देखिएको गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक (१.८६ प्रतिशत) बढ्यो । आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक समूहको शेयर झन्डै ३ प्रतिशत तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।




























