
काठमाडौँ । नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । नेप्से परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो । उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।




























