
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो । यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखीएको छ ।परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।आज ३२४ कम्पनिका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज कालिका दर्शनको शेयर सबैभन्दा बढी ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोको ५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ ।१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।




























