
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा बन्द भएको छ। बजारमा आज अधिकांश लगानीकर्ता बिक्रीतर्फ आकर्षित हुँदा नेप्सेमा दबाब देखिएको हो।आज ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँ पुगेको छ। कारोबारमा आएका सबै उपसूचकहरू घटेका छन्।आजको कारोबारमा स्नो रिभर हाइड्रोपावर र सानीगाड हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, कलंगा हाइड्रोपावरको शेयर मूल्य १४.९८ प्रतिशतले उकालो लागेको छ।यता, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा भने नेपाल इन्भेस्टमेन्ट डिबेञ्चर अग्रस्थानमा रहँदै ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमा पनि उल्लेखनीय कारोबार भएको छ।




























