
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा रहेको छ।पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा कायम गरिएको छ।त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ २५ पैसा र १०९ रुपैयाँ ६८ पैसा तथा सिङ्गापुर डलरको ११८ रुपैयाँ ९६ पैसा र ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ।जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा तथा कतारी रियालको ४१ रुपैयाँ ७६ पैसा र ४१ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।थाइ भाटको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिरामको ४१ रुपैयाँ ४५ पैसा र ४१ रुपैयाँ ६२ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ २६ पैसा र ३७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



























