काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर १ हजार २८.७७ विन्दुमा पुगेको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४५ करोड ९३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ६८ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एशियन लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनीको कारोबार भएको छ।शुक्रबारको कारोबारमा १३ वटै उपसूचकमा फाइनान्स, माइक्रोफाइनान्स र व्यापार उपसुचक बढेको छ भने बाँकि सबै उपसूचक घटेको छ। आजको कारोबारमा दुई कम्पनीका सेयरधनीले अधिकतम कमाएका छन्। आधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, स्टाण्डर्ड चार्टर बैंक र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले अधिकतम गुमाएको छ।