
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए । उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो ।आचार्यसँग हुने भेटघाट पनि सङ्क्रमण जोखिम कम गर्न बन्द गरिएको छ। उनको उपचारमा डा.प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली खटिएको छ। पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्य सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए।




























