
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। बिहीबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।यस अघि बुधवार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




























