
काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।बजार घट्दा गार्डियन माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियनको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ५७९ रुपैयाँ पुगेको छ ।आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति आइतवार ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।




























