
शेयर बजार परिसूचक नेप्से आज आइतवार दाेहाेराे अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेकाे छ ।आज हाइड्राेपावर, बीमा र अन्य बाहेक अरू समूहकाे शेयर घटेकाेमा उत्पादन तथा प्रशाेधन, व्यापार, हाेटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज ज्याेति विकास बैंक बाेन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन आज पाँच वटा कम्पनीकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ ।मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार सात सय आठ कित्ता शेयर किनबेच भएको छ ।
बजार घटेकाे दिन तीन सय आठ वटा कम्पनीको ८६ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो ।




























