
काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दे अर्थतन्त्रलाई सहज बनाउन खुकुलो नीति अवलम्बन गरेको थियो । त्यसैको प्रभाव आज सेयर बजारमा देखिएको छ ।साताको पहिलो कारोबार दिन आज आईतबार सुरुवाती कारोबार समय देखि नैं बक्न थालेको बजार परिसुचक अन्तिम समयमासम्म ४५ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार ६४ दशमलव ४५ बिन्दुमा कायम रहन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३९ बिन्दुले उकालो लागेर तीन सय ६६ दशमलव ७६ बिन्दुमा चढ्न सफल भएको छ ।धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार नौं सय ९१ पटक सेयर कारोबार भएको छ । जसबाट एक करोड २२ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्न सफल भएको छ ।धितोपत्र बजारमा आज कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुका सुचक उकालो लागेका छन् ।




























