
काठमाडौं । सेयर बजार परिसुचक नेप्से २१ सय बिन्दु नजिक पुगेको छ । अघिल्लो दिन ४५ दशमलव ६९ अंकले उकालो लागेको बजार परिसुचक (नेप्से) साताको दोस्रो कारोबार दिन आज सोमबार पुन २७ दशमलव ५४ अंकले उकालो लागेर दुई हजार ९२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि सात दशमलव ३१ अंकले उकालो लागेर तीन सय ७४ दशमलव शुन्य सात अंकमा पुगेको छ ।धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ८० हजार नौं सय ८२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैंयाँ पुगेको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र लघुवित्त उपसमुहहरुको ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।




























