काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १३ दशमलव ६१ अंकले उकालो लागेर दुई हजार ८३ दशमलव शुन्य चार बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले उकालो लागेर तीन सय ७१ दशमलव ६५ बिन्दुमा चढेको छ ।धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ६५ हजार छ सय ५४ पटक सेयर किनबेच भएको छ । जसबाट ९६ लाख ९७ हजार दुई सय छ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३१ करोड १० लाख १५ हजार छ सय २९ रुपैंयाँ पुगेको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुकोे सुचक ओरालो लागेका छन भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।