काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव ५८ अंकले घटेर २,०७९ को विन्दुमा कायम भएको छ । आज ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ ।बजारलाई ४.९२ प्रतिशतले बढेको म्युचुअल फण्डले थामेको छ । म्युचुअल फण्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन् । लगानी उपसमूह स्थिर रहँदा वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह घटेका छन् ।घटेको बजारमा पनि भगवती हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे । मनकामना स्मार्ट लघुवित्त, माईखोला हाइड्रोपावर, विजय लघुवित्त, लक्ष्मी लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ५१ प्रतिशतका दरले गुमाएका छन् ।