
काठमाडौं । साताको तेस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २५.८८ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६ सय ६५.८१ को बिन्दुमा रहेको छ।आज कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ९० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।आज सबैभन्दा बढी रावा इनर्जीको शेयर मुल्य ८.८६ प्रतिशतले बढेको छ भने मनकामना इन्जिनियरिंगको शेयर ७.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी वीन नेपाल लघुवित्तको सबैभन्दा ४.७५ प्रतिशतले घटेको छ ।त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको १७ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार बराबरीको कारोबार भएको छ ।त्यस्तै आज कुमारी बैंकको सबैभन्दा बढी ५ लाख ७२ हजार ८४६ कित्ता शेयर कारोबार भएको छ ।




























