
यो साता सेयर बजार व्यापारमा खासै उत्साजनक देखिएन । यस साता जम्मा ४ दिन सेयर कारोबार भएको थियो भने सोमबार जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा भएपछि सेयर बजार बन्द भएको थियो ।यस साता सयर बजार लगातार ओरालो लाग्नुका साथै कारोबारमा सेमत ओरालो लाग्न पुगेको छ । साता भरीनै सेयरबजार घट्दा नेप्से ११२ दशमलव ३३ अंकले तल झरेर २ हजार ७० दशमलव ४१ अंक झरेर आइपुगेको छ ।




























