
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक ४० दशमलव ४८ अंकले उकालो लागेर १९ सय ८० दशमलव शुन्य नौ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १० अंकले उकालो लागेर तीन सय ७० दशमलव ५२ बिन्दुमा चढेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसबाट दुई सय ७५ वटा कम्पनीहरुको ६१ हजार चार सय ५० पटकको कारोबारमा ९५ लाख २८ हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ रुपैंयाँ ९१ पैसा पुगेको छ ।धितोपत्र बजारमा आज कारोबार भएका कुल समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।




























