
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर विश्व रेकर्ड कायम राखेको छ। सोमबार दशरथ रंगशलामा भएको ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका थिए । अफिसिएल वल्ड रेकर्ड नामक संस्थाले दीक्षित हुने दीक्षान्त कार्यक्रममा महिला सहभागिता, समग्र सहभागिता, अभिभावकको उपस्थिति, पदक, पाहुना र दीक्षित हुने विद्यार्थीको संख्या इतिहासमै धेरै भएको भन्दै विश्व रेडक प्रदान गरेको हो ।दीक्षान्त समारोहमै उक्त संस्थाले विश्व रेकर्डको प्रमाणपत्र दिएको थियो । दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतको उपस्थिति थियो ।




























