लोकसेवा आयोगका परीक्षार्थी र विद्यार्थी हर्षित यति सजिलो सूत्र जुन बुझेपछि कहिल्यै असफल भइँदैन ।
सूत्र १
सर्वप्रथम आफ्नो लक्ष्य थाहा पाउनुस्
तपाईं परीक्षाको तयारी किन गरिरहनुभएको छ ? त्यसमा किन बसिरहनुभएको छ ? तपाईंको लक्ष्य के हो ? दुर्भाग्यवश यी सरल प्रश्नको जवाफ दिन पनि कैयौं विद्यार्थीहरु असमर्थ हुन्छन् । उनीहरु भन्न सक्दैनन् कि उनीहरु स्कुल या कलेजमा किन पढिरहेका छन् ? जसले यसको जवाफ दिन्छन्, उनीहरु भन्छन् कि यो सर्टिफिकेट, डिग्री या डिप्लोमा पाउनको लागि गरिरहेका छौं । उनीहरुलाई यसको के आवश्यकता छ ? उनीहरुको लागि यो शिक्षित हुनुको एक प्रमाण हो र यसको माध्यमले उनीहरु एक उचित व्यवसाय रोजेर समाजमा एक सम्माननीय स्थान पाउन सक्छन् ।
तर स्कुल र कलेज जानुको वास्तविक उद्देश्य सर्टिफिकेट या डिग्री पाउनु हैन, न शिक्षित हुनु नै हो । शिक्षा शब्दको उत्पत्ति संस्कृतको शिक्ष् धातु र टाप् प्रत्ययबाट भएको हो, जसको अर्थ हो, अन्तर्निहित क्षमता बाहिर निकाल्नु । शिक्षा मानिसभित्र लुकेको प्रतिभाको प्रयोग गर्नको लागि उसलाई तयार गर्ने एक प्रभावशाली प्रक्रिया हो । जब एक पटक कसैले शिक्षाको उद्देश्य बुझ्छ तब ऊ परीक्षा, जुन एक प्रक्रियाको भाग हो, दिन्छ भने आफ्नो लक्ष्यसँग अवगत हुन्छ ।
अध्ययनको हर स्तरमा परीक्षा हुन्छ, लिखित परीक्षाहरु, व्यावहारिक काममा परीक्षा, मौखिक परीक्षा, सामूहिक रुपमा विचार–विमर्श, साक्षात्कार, स्वास्थ्य जाँच र अनगिन्ती अरु परीक्षाहरु । कुनै न कुनै निश्चित उद्देश्यको लागि यसलाई बनाइएको छ । आफ्नो क्षमता प्रमाणित गर्नको लागि तपाईंले परीक्षाको उद्देश्य बुझेर त्यसमा उत्तीर्ण हुनुपर्नेछ । आउनुस्, आफ्नो लक्ष्य थाहा पाउनको लागि हामी एक–एक पाइला बढाउँदै अगाडि बढौं ।सूत्र १ ः पहिलो चरण
के हामीलाई परीक्षाको जरुरत छ ?
कुनै विषयमा तपाईंको ज्ञान र योग्यता कति छ, यही थाहा पाउने औपचारिक प्रक्रिया हो परीक्षा । यो कुनै मानिसको योग्यता या प्रगति जाँच्ने एक तरिका हो ।
कुनै पनि शिक्षित मानिसको लागि परीक्षा कुनै नयाँ कुरा हैन । जब स्कुलमा बच्चाले प्रवेश गर्छ र थोरै वर्णमाला सिक्छ, तब उसले पनि परीक्षा दिनुपर्छ । अध्यापकले यो सुनिश्चित गर्न चाहन्छ कि उसले जे पढायो त्यो बच्चाले सिकेको छ कि छैन ? छात्र जब सिक्दै जान्छ तब नयाँ पाठ पढ्दै जान्छ । परीक्षा अरु कठिन हुँदै जान्छ ।
आरम्भमा नै शुरु हुन्छ परीक्षा
स्कुलमा प्रवेश लिनु पहिलादेखि नै परीक्षा शुरु हुन्छ । बच्चाको बस्ने, घुँडा टेकेर हिंड्ने र पहिलो पटक लर्खराउँदै हिड्नुमा आमा–बाबु धेरै खुशी हुन्छन् । उनीहरुलाई उसको हाँसो र मुस्कानबाट पनि त्यति नै खुशी मिल्छ जति उसले पहिलो पटक आमा या बाबु भनिदिंदा हुन्छ । बारम्बार बच्चाको योग्यताको परीक्षण मित्र र नातेदारका अगाडि गरिन्छ । जब बच्चाले सही जवाफ दिन्छ तब आमा–बाबुको खुशीको सीमा नै हुँदैन ।
जब बच्चा ठूलो हुन्छ र ठूलो कक्षामा पुग्छ, तब पढाएको विषयको संख्या बढ्छ । परीक्षाको संख्या र आवृत्ति पनि बढ्छ । तीन महिनामा एक पटक त्रैमासिक र वार्षिक परीक्षा हुन्छ । यो समयमा बच्चा परीक्षाको अवधारणामा प्रश्न गर्छन् कि सर्वप्रथम कसले परीक्षाको बारेमा सोचेको थियो ? के वास्तवमा यसको जरुरत छ ? के आवश्यक ज्ञान दिएर बाँकी व्यक्तिमा छोडिदिनु पर्याप्त छैन ? यो समस्यातिर हेर्ने उचित ढंग हो जस्तो लाग्न सक्छ तर कुनै सभ्य समाजमा यस्तो हुनु व्यावहारिक हैन ।
बढ्दो जनसंख्या र उच्च पदको लागि बढ्दो आकांक्षाको कारण राम्रो उम्मेदवारको छनोट गर्नको लागि परीक्षा एकमात्र विकल्प हो । वास्तवमा परीक्षा एक आवश्यकता हो, समस्या हैन, जस्तो धेरै छात्रहरु सोच्छन् ।
हिम्मतिलोको जीत
चाल्र्स डार्विनले भनेका थिए कि हर क्षेत्रमा हर समय छनोटको एक स्वाभाविक प्रक्रिया चलिरहन्छ । छनोटको दौडमा शक्तिशालीको जीत हुन्छ । यस्तो भएको हामी हर ठाउँमा हर दिन देख्छौं । जीवनको हर पक्षमा उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्नको लागि मानिस एकअर्कासँग प्रतिस्पर्धा गर्छन् । यसको बदलामा आम मानिसले एक राम्रो जिन्दगी पाउँछ । उत्कृष्ट मानिसको छनोट गर्ने प्रक्रियामा परीक्षाले महङ्खवपूर्ण भूमिका निभाउँछ ।
जब कुनै प्रतियोगिता हुन्छ तब तनाव हुनु स्वाभाविक हो । यो तनाव हटाउनको लागि परीक्षादेखि भाग्नुको कुनै विकल्प छैन । प्रतियोगिता जीवनको एक भाग हो र यसलाई अलग गर्न सकिदैन । योसँग जोडिएको तनावको सामना गर्नको लागि, परीक्षाप्रति सही दृष्टिकोण विकसित गर्ने र कसरी राम्रोसँगले प्रतियोगिता गर्न सकिन्छ, बाट समाधान पाउन सकिन्छ । यदि सही ढंगले परीक्षाको सामना गरियो भने यो जीवनमा धेरै प्रतियोगी हुने दिशामा उठेको एक सही पाइला हुनेछ ।
अवरोध या सोपान
कैयौं युवा परीक्षालाई उनीहरुको बाटोमा उत्पन्न गरिदिएको रोकावट मान्दछन् । उनीहरुको लागि हर परीक्षा एक अवरोध हुन्छ । यी रोकावटलाई यसरी राखिएको छ कि हर पाइलामा यसको सामना गर्नुपर्छ । केही भाग्यशाली नै अन्तिम चरणसम्म पुग्न सक्छन् । यस्तो केही युवाले सोच्छन् ।
परीक्षाप्रति यो सकारात्मक दृष्टिकोण होइन । हामीले परीक्षालाई रोकावट मान्नुको साटो सोपान मान्नुपर्छ । समान स्तरमा रोकावट आउँछ । यहाँसम्म कि अन्तिम रेखा पनि समान स्तरमा छ । असल जिन्दगीमा जो सफल हुन्छन्, उनीहरु एउटै स्तरमा रहँदैनन् । उनीहरु त्यसरी नै बढ्दै रहन्छन्, जसरी कुनै एक एक पाइला गरेर सिँढी चढ्छ । यसैले अगाडि बढ्नको लागि हामीले परीक्षालाई एक सिँढी मान्नुपर्छ । त्यसरी नै जसरी हामी एक एक गरेर सिँढी चढ्दै जान्छौं ।
स्कुलमा कसरी बच्चाले प्रगति गर्छ, ऊ नर्सरीमा पहिलो कक्षामा आउँछ, फेरि दोस्रोमा र यसरी अगाडि बढ्दै जान्छ । सिँढी चढ्नु जस्तै हर विद्यार्थी अगाडि बढ्दै जान्छ । स्कुल सकिएपछि अनेकौं विकल्पहरु हुन्छन् । हर व्यक्ति आफ्नो योग्यता अनुसार एक विकल्प रोज्छ ।
कैयौं पाइला चढ्नमा सजिलो हुन्छ भने कैयौं हुँदैनन् । केवल हिम्मत भएको मानिस नै छिटो अगाडि बढ्छ । यसैले हामीले सदैव यो कुरा बुझ्नुपर्छ कि परीक्षा रोकावट होइन बरु सफलतातिर लग्ने एक सिँढी हो ।
जीवन एक परीक्षा हो
दैनिक शैक्षिक र व्यावसायिक जिन्दगीमा आउने औपचारिक परीक्षा उत्तीर्ण गर्नु नै हाम्रो उद्देश्य हो । तर हामीले यो कुराको बेवास्ता गर्नु हुँदैन कि बिस्तारै–बिस्तारै सबैलाई यो अनुभूति हुन्छ कि सम्मानित ढंगले जिउनु पनि एक प्रकारको परीक्षा हो । सधैंं अनेकौं व्यक्तिद्वारा कुनै एक व्यक्तिको परीक्षा हुन्छ । हाम्रो सफलता हाम्रो दृष्टिकोणमा आधारित हुन्छ ।
जब हामी सकारात्मक ढंगले सोच्छौं र हर अवरोधको सामना सकारात्मक दृष्टिकोण राखेर गर्छौं तब हामीले सफलता प्राप्त गर्छौं । जब हामी संशयमा घेरिरहन्छौं तब अड्चन आउँछ । यसैगरी परीक्षा भवनमा प्रवेश गर्दै सकारात्मक दृष्टिकोण बनाइराख्न सिक्नु महङ्खवपूर्ण छ । हाम्रो दृष्टिकोण र आत्मविश्वासले नै हामीलाई सदैव सफलतातिर लिएर जानेछ ।
परीक्षा जीवनको एक भाग हुन्छ
स्थितितिर सकारात्मक ढंगले हेर्नको लागि परीक्षालाई जीवनको एक भागको रुपमा स्वीकार गर्नुस् । यो स्थितिमा दुई तत्व सम्मिलित छन्ः पहिलो, जो मानिसले परीक्षा दिन्छ र दोस्रो, परीक्षा । परीक्षा दिनुभन्दा पहिला हामीले हर कुरा बुझ्नु पर्छ । आफ्नो योग्यता र कमजोरी बुझ्न जरुरी हुन्छ । जब कुरा स्पष्ट हुन्छ तब सफलता मिल्छ ।
ध्यान दिन योग्य कुरा
परीक्षा ज्ञान र क्षमता जाँच्ने एक औपचारिक प्रक्रिया हो ।
परीक्षा समाजको आवश्यकता हो ।
हिम्मतदारको जीत हुन्छ ।
परीक्षाले हिम्मतदारको छनोटमा मद्दत गर्छ ।
परीक्षा रोकावट हैन बरु सोपान हो ।
जीवनको पाइला–पाइला एक परीक्षा हो ।
परीक्षाप्रति एक सकारात्मक दृष्टिकोण राख्नाले सफलता मिल्छ ।
सूत्र १ ः दोस्रो चरण
तपाईं कहाँ गइरहनुभएको छ ?
के तपाईंलाई थाहा छ कि तपाईं कहाँ गइरहनुभएको छ ? धेरैजसो विद्यार्थीहरुलाई यो कुरा थाहा हुँदैन । उनीहरु केवल अर्को कक्षामा जानको लागि पढ्ने गर्छन्, किनकि उनीहरु अशिक्षित भनिन चाहँदैनन् । यो प्रमाणित गर्नको लागि उनीहरु स्कुल र कलेजमा पढ्छन्, सर्टिफिकेट र डिग्री प्राप्त गर्छन् ।
के तपाईं फुटबल या हकीको मैदानमा दुवैतिर गोल नहुने कल्पना गर्न सक्नुहुन्छ ? फेरि खेलाडीले कसरी खेल्छन् ? के उनीहरु एक छेउबाट अर्को छेउ बल त्यत्तिकै फ्याँकिरहन्छन् ? हामी विजेताको निर्णय कसरी गर्छौं ? यी मैदानमा बिनागोल दौडिरहेका खेलाडीजसरी कैयौं विद्यार्थीहरु बलसँग उद्देश्यहीन दौडिरहन्छन् । उनीहरुले एक गोल पनि गर्न सक्दैनन्, किनकि उनीहरुको अगाडि कुनै लक्ष्य नै हुँदैन ।
लक्ष्यको कमी
उपलब्धि प्राप्त गर्न नसक्नाको मुख्य कारण हो, जीवनमा कुनै लक्ष्य नहुनु । कैयौं युवा यस्तो मानेर हिंड्छन् कि जब उनीहरु उचित उमेरमा पुग्नेछन् तब उनीहरुले आफैं लक्ष्य भेट्नेछन् । यस्तो भनेर पाए त उनीहरुले लक्ष्य ? दुर्भाग्यवश, यस्तो कहिल्यै हँुदैन । बच्चा जब पढ्न शुरु गर्छ तब उसको एक लक्ष्य हुनुपर्छ, जतातिर ऊ बिस्तारै बढ्न सकोस् । यदि कुनै लक्ष्य भएन भने तपाईं कतै पनि पुग्न सक्नुहुन्न । जस्तो बिनाबहना डुंगाले आफ्नो दिशा निश्चित गर्न सक्दैन त्यस्तै जीवनमा लक्ष्य निर्धारित नगरी हामीले सफलता प्राप्त गर्न सक्दैनौं । जो मानिस जीवनमा एक लक्ष्य निर्धारित गरेर अगाडि बढ्छ, ती मानिसहरु लक्ष्य निर्धारित नगरी अगाडि बढ्ने मानिसभन्दा धेरै सफल हुन्छन् । यो कुरा बारम्बार प्रमाणित भइसकेको छ ।
हामीलाई किन लक्ष्यको आवश्यकता छ ?
हामीलाई लक्ष्यको जरुरत यसकारणले छ कि उनीहरु भन्छन्, हामीले कहाँ जानु छ । जबसम्म हामीलाई कहाँ जाने भन्ने कुरै थाहा हुँदैन तबसम्म हामी त्यहाँ पुग्न सक्दैनौं ।
लक्ष्य निर्धारित गर्ने सबैभन्दा महङ्खवपूर्ण पक्ष यो हो कि जब हामी आफ्नो दिमागमा एक लक्ष्य बनाउँछौं तब हामी त्यसको बारेमा सोचिरहन्छौं र हाम्रो दिमागले एक सफल प्रक्रियाको स्राव गर्छ । यो सफल प्रक्रियाले ती मानिस र स्थितिलाई हामीतिर आकर्षित गर्छ जुन लक्ष्यसँग जोडिएको हुन्छ । जब कुनै मानिस विदेशमा कुनै विशिष्ट अध्ययन गर्ने बारेमा सोच्छ र लक्ष्यको रुपमा मनभित्र त्यसलाई ज्वलन्त इच्छाको रुपमा धारण गर्छ तब बिस्तारै ऊ त्यसको बारेमा सारा सूचना एकत्र गर्न शुरु गर्छ । कुन विश्वविद्यालयमा त्यो कोर्स हुन्छ ? फिस कति छ ? प्रवेशको लागि के गर्नुपर्छ ? स्कलरशीप उपलब्ध छ कि छैन ? कोर्सको समयमा र पछि रोजगार मिल्ने सम्भावना के कस्तो छ ? यसको बारेमा जानकारी हासिल गर्छ । यदि लक्ष्य भएन भने यो सब संभव छैन ।
लक्ष्य कस्तो हुनुपर्छ ?
अलग–अलग कुराको लागि व्यक्तिको अनेकौं लक्ष्य हुनसक्छ । हुनत, विद्यार्थीको लागि शैक्षिक लक्ष्य नै ठीक हुन्छ । सबैभन्दा पहिलो मुख्य लक्ष्य निर्धारित गरिनुपर्छ । यो यस्तो हुनसक्छ जस्तो आई.आई.टी. बाट इञ्जिनियरिङ डिग्री लिनुको साथ–साथै कुनै प्रतिष्ठित म्यानेजमेन्ट कलेजबाट एम.बी.ए. गर्नु ।
एक पटक जब मुख्य लक्ष्य निश्चित हुन्छ तब सानो–सानो लक्ष्य निर्धारित गर्न सकिन्छ, जसले तपाईंलाई मुख्य लक्ष्यतिर लिएर जानेछ । जस्तो, म प्रवेश परीक्षाको तयारी कसरी गरुँ ? के त्यसको लागि म आफैं पढूँ या कुनै राम्रो कोचिङ क्लासमा भर्ना लिऊँ ? कुन संस्थान ठीक हुन्छ ? कुन समय ठीक हुन्छ ?
यहाँसम्म कि सानो–सानो लक्ष्यलाई पनि बाँड्न सकिन्छ । पाँच वर्षमा पूरा हुने एक दीर्घकालीन लक्ष्य हुनसक्छ । हर वर्षको लागि सानो–सानो लक्ष्य हुन सक्छ । सानो लक्ष्यलाई हर उपलब्धि पाउनको लागि महिना या हप्ताअनुसार निश्चित गर्न सकिन्छ । निष्ठावान मानिस सधैंं बिहान निश्चित गरेको लक्ष्य पूरा गर्नमा जुटिरहन्छ । पाइला पाइलामा जस्तो कसैले दूरी निश्चित गर्छ भने लामो दूरी नथाकिकन पार हुन्छ । लक्ष्य निश्चित गर्नुको जादू यही हो ।
लक्ष्य निश्चित गर्ने आधार
लक्ष्य निश्चित गर्दा सधैंं ठूला–ठूला सपना देख्नुपर्छ । सानो लक्ष्यले सानो परिणाम दिन्छ । ठूलो लक्ष्यले ठूलो परिणाम ।
. लक्ष्य चुनौतीपूर्ण हुनुपर्छ । यो चुनौतीको नै तत्व हो जसले एक कामबाट अर्को कामलाई प्रेरित गर्छ र व्यक्तिको उत्कृष्ट क्षमता बाहिर ल्याउँछ ।
. लक्ष्य यस्तो होस् जुन पाउन सकियोस् । जस्तो, जुन विद्यार्थीलाई अध्ययनमा रुचि लाग्दैन, उसले कलेजको प्रोफेसर बन्ने लक्ष्य लिनु हँुदैन ।
. लक्ष्य लचिलो हुनुपर्छ । यदि लक्ष्य लचिलो भएन भने मानिस बाँधिएको लिकमा नै हिंडिरहन्छ । जस्तो हामी आई.आई.टी बाट इञ्जिनियरिङको डिग्री लिने लक्ष्य निश्चित गर्छौं । यदि कुनै कारणवश त्यसमा प्रवेश मिलेन भने आशा छोड्नुको साटो कुनै अरु संस्थानमा प्रवेश लिनु पर्छ । यदि उसमा योग्यता भयो भने अरु संस्थानमा पढेर पनि उसले राम्रो गर्न सक्नेछ ।
.लक्ष्यको समय सीमा हुनुपर्छ । यदि यस्तो भएन भने त्यो प्राप्त गर्न कठिन हुन्छ । एक निश्चित समय–सीमामा एक निश्चित मात्राको काम पूरा हुनुपर्छ ।
हामीले आफ्नो लक्ष्य पाउनु पर्छ भन्ने निश्चित गर्नुस्
यदि हामी आफ्नो लक्ष्यसम्म पुग्न चाहन्छौं भने हामीभित्र यसलाई तीव्र इच्छा जसरी पाल्नुपर्छ । यो तब संभव छ जब हामी हरपल त्यसको बारेमा सोचिरहनेछांै ।
. जब हामी आफ्नो लक्ष्य बिर्सन्छौं तब हामीले आपूmलाई त्यसको याद दिलाउनु पर्छ ।
.स्वयंलाई लक्ष्यको याद दिलाउनको लागि त्यसलाई एक कागजमा लेख्नुस् ।
.आफ्नो लक्ष्य लेखेर आफ्नो स्टडी टेबलमा टाँस्नुस् ।
. आफ्नो लक्ष्यको बारेमा चर्चा गर्नुस् ताकि जब तपाईंले लक्ष्य बिर्सन थाल्नुहुनेछ तब तपाईंका मित्र र नातेदारले त्यो लक्ष्य तपाईंंलाई याद दिलाउन् ।
. समय–समयमा आफ्नो लक्ष्यको समीक्षा गर्नुस् । यदि तपाईं त्यो पाउनको लागि प्रतिबद्ध हुनुहुन्छ भने ठीक छ तर यदि रोकावट छ भने सम्झनुस् कि कसरी रोकावट हट्नेछ । जब तपाईं आफ्नो यात्रामा दृढ निश्चयका साथ निस्कनु हुनेछ तब तपाईं निश्चित रुपमा आफ्नो लक्ष्य पाउन सक्नुहुन्छ ।
के लक्ष्य निश्चित गरेपछि तपाईंंको काम समाप्त हुन्छ ?
हुँदैन, त्यो समाप्त हुँदैन । लक्ष्य निश्चित गर्नु केवल एक शुरुवात हो । लक्ष्य निश्चित भएपछि हामीले एक योजना तयार गर्नुपर्छ जसले हाम्रो तागत र कमजोरीको आकलन गरोस्, उपलब्ध संसाधन हेर्नुस् र जे छैन, त्यो उपलब्ध गराउनुस् । यसमा आउने बाधाको उल्लेख पनि गर्नुस् । एक समय सीमा निश्चित गर्नुस् र नियमित रुपमा प्रगतिको विवरण लिँदै गर्नुस् । तब हामीले लक्ष्य पाउन सक्नेछौं ।
गर्न योग्य काम
१. दीर्घकालीन क्यारियर र शैक्षिक लक्ष्य निश्चित गर्नुस् । एउटा कागजमा नोट गरेर आफ्नो स्टडी टेबलमा टाँस्नुस् ।
२. वर्तमानमा बगिरहेको वर्षाको लागि लक्ष्य निश्चित गर्नुस् । जे पाउन चाहनुहुन्छ त्यो लेख्नुस् ।
३. वार्षिक लक्ष्यलाई अर्धवार्षिक, त्रैमासिक र मासिक लक्ष्यमा बदल्नुस् ।
४. सधैंं बिहान निश्चित गरिएको लक्ष्य अनुसार काम गर्न सिक्नुस् ।
५. यी गतिविधिलाई आफ्नो जीवनको एक अभिन्न अंग बनाउनुस् ः
.कम्मर सीधा गरेर कुर्सीमा आरामदायक मुद्रामा बस्नुस् ।
.आफ्नो आँखा बन्द गर्नुस् । लामो सास लिनुस् ।
.आफ्नो लक्ष्यको उच्चारण गर्नुस् । यसैगरी पाँच पटकसम्म उच्चारण गर्नुस् ।
.सोच्नुस् कि तपाईंंले लक्ष्य प्राप्त गर्नुभयो ।
.लक्ष्य प्राप्त गरेपछि मिलेको खुशीको बारेमा सोच्नुस् ।
. खुशीको आनन्द उठाउँदै ईश्वरलाई धन्यवाद दिनुस् ।
.लामो सास लिंदै आफ्नो आँखा खोल्नुस् ।
ध्यान दिन योग्य कुरा
.अधिकांश मानिस बिनालक्ष्य काम गर्छन् ।
.सफल हुनको लागि एक निश्चित लक्ष्य हुनुपर्छ ।
. लक्ष्य दीर्घकालीन र अल्पकालीन हुनसक्छ ।
.लक्ष्य चुनौतीपूर्ण, प्राप्त गर्न योग्य, समयानुकूल र समय सीमामा हुनुपर्छ ।
.लक्ष्य पाउनको लागि हामीले पहिला योजना बनाउनु पर्छ ।
.हरदिन हामीले आफ्नो लक्ष्य याद गर्नुपर्छ ।
सूत्र १ः तेस्रो चरण
प्रेरणा
सफल हुने मानिसले आफैं हर कुराको शुरुवात गर्छ । यसको अर्थ हो, जब कोही कुनै निश्चित लक्ष्य पाउन चाहन्छ तब त्यो पाउनको लागि ऊसँग कुनै प्रयोजन या प्रेरणा हुन्छ । प्रयोजन लक्ष्य हुन्छ, जुन पाउनको लागि काम गरिन्छ ।
कसैलाई प्रेरित गर्नुको अर्थ हो, कसैलाई केही पाउनको लागि प्रयोजन बताउनु । परीक्षामा विशिष्टता हासिल गर्नुभन्दा राम्रो अरु के प्रयोजन हुनसक्छ ? जब कोही यसलाई एक लक्ष्यझैं अपनाउँछन् तब ऊ सफलतातिर प्रेरित हुनथाल्छ । हर सफलतासँगै यो प्रयोजन पनि बढ्दै जान्छ । कामप्रति एक रुचि उत्पन्न गर्नुको साथ–साथै मानिस धेरै उत्साही, सक्रिय र कर्मठ हुन्छ ।
प्रयोजन प्रेरित गर्ने एक सशक्त शक्ति हो । एकातिर त्यसले मानिसलाई धेरै धार्मिक बनाइदिन्छ भने अर्कोतिर मानिसभित्र यसले मृत्युलाई अस्वीकार गर्ने भावना उब्जाउन सक्छ । यो यस्तो प्रेरणा हो, जसले कुनै युवालाई सीमामा गएर देशको सेवा गर्नको लागि उक्साउँछ । युद्धको समयमा एक सैनिक भावना र केही गर्ने प्रेरणाले यति ओत–प्रोत हुन्छ कि उसलाई मृत्युको भयले पनि सताउँदैन ।
परीक्षामा अब्बल आउनु एक तीव्र खालको प्रयोजन हैन । हुनत, धेरै राम्रो गर्नाले परीक्षामा उत्तीर्ण हुन सकिन्छ र त्यही सफलता हो । सफलता सबैभन्दा ठूलो प्रेरणा हो । हर सफलता अर्को सफलतातिर उठाएको एक पाइला हुन्छ ।
हामी कसरी आफूलाई प्रेरित गर्न सक्छौं ? ठूलो सपना लिऔं । सधैंं सफलताको बारेमा सोचौं । त्यो कुराको बारेमा सोचौं, जसलाई सफलताले आफ्नो साथमा ल्याउँछ । ध्यान र होस् कि सफलता कहिल्यै पनि यत्तिकै मिल्दैन । यो कठिन परिश्रमको नतिजा हो । बिस्तारै–बिस्तारै तपाईंलाई अनुभव हुनेछ कि सफलता पाउनमा गरिएको कठिन परिश्रम त्यसको परिणामको अगाडि केही पनि रहेनछ ।
दैनिक जीवनमा निष्ठाले गरिएको कामले प्रशंसा दिलाउँछ त्यो सबैभन्दा धेरै प्रेरणादायक हुन्छ । तपाईंको नजिकका मानिसको प्रेम सबैभन्दा धेरै प्रेरित गर्ने खालको हुन्छ । तपाईंका आमा–बाबु, भाइ–बहिनी, नातेदार एवं अरु मित्रको स्नेहले तपाईंभित्र प्रेम र आफ्नोपनको अनुभूति भरिदिन्छ ।
आफूसँग तालमेल बसाउने प्रेरणाको सबैभन्दा मुख्य स्रोत हो । जब हामी आफ्नो मनमा शान्ति महसुस गर्छौं तब प्रेरित हुन्छौं । काम, आनन्द र आरामको सही सन्तुलनले राहत प्रदान गर्छ । किशोर उचित सन्तुलन कायम गर्न र आफ्नो लक्ष्य पाउनको लागि पढ्नुको साथ–साथै अरु गतिविधिमा पनि भाग लिन्छन् । यी गतिविधिहरु बेकार जस्तो लाग्न सक्छ तर यसले मानसिक प्रयासलाई सन्तुलित गरेर व्यक्तिलाई प्रेरित गर्छ ।
पढाइमा निगरानी राख्ने बाल्यकालको बानीले विद्यार्थीलाई आमा, बाबु र अध्यापकमा निर्भर हुनको लागि उक्साउँछ । हुनत, जो परीक्षामा अब्बल आउनको लागि मेहनत गर्छ, ऊ आफैंबाट प्रेरित हुन्छ र बाहिरी निगरानीमा निर्भर हुँदैन । ऊ आफैं आप्mनो कामको आकलन गरेर लक्ष्य निर्धारित गर्छ । यो निश्चित समय सीमामा पाउनुपर्छ । यो तब संभव हुन्छ जब हामी आफैंप्रति जवाफदेही हुन्छौं । जो धेरै कटिबद्ध हुन्छन् उनीहरु असफल हुनमा धेरै मेहनत गर्छन् । सजाय र इनाम दुवै तुरुन्त सकारात्मक र रचनात्मक हुनुपर्छ । धेरै समय पढ्नु र टी.भी. हेर्नु सजाय हुनसक्छ । कुनै फिल्म हेर्नु तथा बिना योजना केही गर्नु इनाम हुनसक्छ ।
ड्रइङ, पेन्टिग, संगीत, गायन आदि जस्ता कलाले राहत पु¥याउन सक्छ । यहाँसम्म कि बच्चालाई पनि यही गर्न मनपर्छ । यी गतिविधि गरेपछि उनीहरुको लागि पढाइमा मन लाग्न सजिलो हुन्छ । जब तपाईं कुनै वाद्य संगीत नबजाइ बस्नुभएको छ या नगाइ बस्नुभएको छ भने पनि संगीत सुनेर तपाईं त्यसबाट प्रेरित गर्ने विशेषताको फाइदा उठाउन सक्नुहुन्छ । कैयौं मानिसलाई लाग्छ कि आप्mनो मनपर्ने संगीत सुनेपछि ऊ धेरै राम्रो ढंगले रचनात्मक काम गर्न सक्छ । दिनको सही शुरुवात गर्नको लागि कैयौं मानिस भक्ति संगीत सुन्छन् ।
हुनसक्छ, जुन कुराले एक मानिसलाई प्रेरित गर्छ, त्यही कुराले अर्कोलाई नगर्न पनि सक्छ । हर मानिसको रोजाइ अलग हुन्छ । एक मानिसलाई पार्कमा बिहान घुम्न जान या जगिङ गर्न राम्रो लाग्छ भने अर्कोलाई घरमा बसेर भक्ति संगीत सुन्न राम्रो लाग्छ । व्यक्तित्व अनुसार संगीतको रोजाइ पनि अलग–अलग हुनसक्छ ।
तपाईं सबैभन्दा धेरै प्रेरणा कोबाट पाउनुहुन्छ भन्ने थाहा पाउनुस् । आफ्नो खाली समयको सदुपयोग मनपर्ने गतिविधि गरेर बिताउनुस् । त्यो संगीत सुन्नुस्, जसबाट तपाईंलाई राहत महसुस होस् । यस्ता मानिससँग मित्रता गाँस्नुस्, जोसँग बस्दा तपाईंले सकारात्मक ऊर्जा र परामर्श प्राप्त गर्नुहुन्छ । घरमा या बाहिर यस्तो वातावरण निर्माण गर्नुस्, जसमा तपाईंले आफैंलाई प्रेरित महसुस गर्न सक्नुहोस् र आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न सक्नुहोस् ।
गर्न योग्य काम
१. त्यो कुारको सूची बनाउनुस् जसबाट तपाईंलाई प्रेरणा मिल्छ ।
२. नियमित रुपमा आफूलाई मनपर्ने संगीत सुन्नुस् ।
ध्यान दिन योग्य कुरा
.सफलता प्राप्त गर्ने मानिसले आफैं शुरुवात गर्छ ।
.प्रेरणा एक सशक्त प्रेरकशक्ति हो ।
.प्रेरित हुनको लागि ठूलो सपना लिनुस् । कडा मेहनत गर्नुस् । धैर्य राख्नुस् ।
.आफैंसँग तालमेल बसाउनुस् ।
.तपाईंलाई के कुराले प्रेरित गर्छ भन्ने कुरा थाहा पाउनुस् ।
.सधैंं आफूलाई प्रेरणाको उच्च स्तरमा राख्नुस् ।