काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको २१ दिनसम्म ४० करोड रुपैयाँ नजिकको व्यापार गरेको छ ।
वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टले बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।पछिल्लो सोमबार एक करोड ५० लाख, मंगलबार एक करोड १६ लाख र बुधबार एक करोड १२ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो ।निर्माता विनोद पौडेलले पछिल्लो समय अस्ट्रेलियाली बक्स अफिसमा धेरै कमाइ गर्ने शीर्ष १० को सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’ रहेको बताए ।सरोज पौडेल निर्देशित फिल्ममा विजयसहित प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, अलिशा बास्कोटा, भोलाराज सापकोटा लगायतको अभिनय छ।