काठमाडौँ । काठमाडौँ महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिएपछि आज महानगरको कार्यपालिका बैठक सम्पन्न भयो । तर महानगरको सुरुको बैठकमा नै तनाव उत्पन्न भएको छ ।काठमाडौँको फोहोरमेलाको विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुँदा तनाव उत्पन्न हुन थालेको हो ।
कार्यदल बनाउने क्रममा बालेनले आफूखुशी काँग्रेस् र एमालेबाट मान्छेको नाम घोषणा गरेपछि वडाध्यक्षले आपत्ति जनाएका थिए ।एक वडाध्यक्षले उनको प्रस्तावमा घोर आपत्ति जनाएर पार्टीको एक जना भाग लगाउने को हो तपाईं भन्दै प्रश्न गरेपछि प्रशासकीय अधिकृतले प्रस्ताव फिर्ता गरे ।उनलाई वडाध्यक्षले प्रक्रीया सिकेर आउन सुझावसमेत दिएका छन् ।आजको बैठकले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ ।वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।