काठमाडौं । सुदर्शन थापा फिल्म निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को पहिलो गीत रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै फिल्ममा समावेश रोमान्टिक गीत 'जरुरी कुरा छ'सार्वजनिक गरिएको हो ।अर्जुन पोखेरेलको संगीत रहेको गीतमा अञ्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् । शब्द सुरेश वाग्लेको छ । नायिका पूजा शर्मा र नव नायक सोनम तोप्देनलाई कोरियोग्राफर कविराज गहतराजले रोमान्टिक रुपमा प्रस्तुत गरेका छन् । सिनेम्याटोग्राफी सौरभ लामाको छ ।https://www.youtube.com/watch?v=GIL2S1bnx9s
गीतसँगै ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन भदौ १७ गते लाई पक्का गरिएको छ । फिल्मलाई अमित बस्नेत, अजित कुमार थापा र परी राणाम मिलेर बनाएका हुन् । साँगीतिक लभ स्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, सोनम तोप्देन सँगै आकाश श्रेष्ठको पनि मुख्य भूमिका छ ।