काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारी सुविधामा पाएको गाडी नचढ्ने घोषणा गरेका छन्।यसअघि उपमहानगरपालिकाका मेयरले प्रयोग गर्दै आएको गाडी प्रयोग नगर्ने बरु त्यसलाई बेचेर रोलर किन्ने घोषणा गरेका हुन् ।मेयरका लागि भनेर किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।साम्पाङले मेयरलाई चढ्न भनेर किनेको स्कर्पियो गाडी बेच्ने तयारी समेत गरेका छन् । उनले गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।