मदन पुरस्कार विजेता साहित्यकार, सिपाहीकी स्वास्नी, छापामारको छोरो, भुइँखाट, अफ्रिकन अमिगो जस्ता धेरै कथा साहित्यका सर्जक अवकाशप्राप्त डीआईजी महेशबिक्रम शाह विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । शाहसहित चार प्रहरीमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदाको बखत ३३ लाख ३८ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोप थियो ।
मदन पुरस्कार विजेता समेत रहेका लेखक शाहलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले दोषी ठहर गरेको हो । पूर्व डीआईजी शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाईआरोप लागेको थियो । अन्य २ आरोपी प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् । यिनी कति वर्ष जेल जाने हुन् सजाय तोकिन भने बाँकी छ । ३ वर्षभन्दा बढी सजाय हुने कुनै पनि मुद्दाको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गरिने व्यवस्था भएकाले सजाय भने पुस २५ तोकिने छ । सजायका लागि आगामी २५ पुसमा पेशी तोकिएको छ । कम्तिमा ३ वर्ष जेल जाने पक्का छ ।