अहिले फेरि नेपाली फिल्मले उही टाउको बेच्ने धन्दा थालेको छ । पहिले राजेश हमालको टाउको बिक्थ्यो अहिले दयाहाङ राइको टाउको बिक्री हुन थालेको छ । जुन फिल्मका निर्मातालाई पनि दयाहाङ राइको टाउको चाहिएको छ । जसरी पहिलेकालाई राजेश हमालको टाउको चाहिन्थ्यो ।
नेपाली निर्माता निर्देशकलाई मेरो अनुरोध छ, जसरी पुराना निर्माता निर्देशकले राजेश हमालको टाउकोको चक्करमा परेर क्रियटिभिटी बढाउन ध्यान नदिएका कारणले नेपाली फिल्म ध्वस्त भयो आज तपाईंहरु पनि दयाहाङ राईको टाउकोको चक्करमा परेर आफ्नो सृजनशिलता मार्ने पुरानाहरुको उही गल्ती दोहोर्याउँदै हुनुहुन्छ
पुण्यप्रसाद प्रसाई
अहिले नेपाली फिल्मको स्थिति के छ भनेर तपाईंले नेपालको कुनै पनि निर्माता निर्देशकलाई सोध्नु भयो भने उसले अमिलो मुख पारेर भन्छ, हिन्दी फिल्मले कसरी घोडा चढेको छ भने उठ्न सक्ने अवस्था नै छैन । नेपाली सिनेमाले हल नै पाउँदैन । पाइहाले पनि नेपाली फिल्म नै २ समूहका हलवालाले जुधाइ दिन्छन् । अनि दुवैले पानी पिउन पाउँदैनन् । अहिले नेपाली फिल्मको अवस्था दयनीय छ । यसो भनिरहँदा नेपाली फिल्म नचल्नुमा हाम्रो निर्माण प्रक्रियामा पनि केही कमजोरी होलान भन्ने कुरामा भने उनीहरुको ध्यान गएको देखिँदैन । बरु भन्छन्, गर्दै गए सुध्रने हो, चल्ने अवस्था नै नभएपछि बनाउने साहस पनि हुँदैन । बन्दै नबनेपछि के सुध्रने? कुनै जमाना थियो नेपाली फिल्म हेर्नु भनेको सजाय जस्तो हुन्थ्यो । निर्माता निर्देशकहरु फिल्म निर्माणमा सुधार गरेर दर्शकलाई हलसम्म ल्याउने भन्दा हिन्दी फिल्मलाई गाली गर्नुमा मजा मान्थे । कथा छनोट, स्क्रिप्ट लेखन र अन्य महत्वपूर्ण पूर्व प्रक्रियामा ध्यान दिनुको साटो घिसिपिटी कथा बोकेर आफ्नो फिल्ममा राजेश हमाललाई साइन गराउन दौडन्थे । किनभने त्यो बेला राजेश हमालको टाउको बिक्थ्यो ।
#RajeshHamal त्यो समय राजेशको जबरजस्त क्रेज थियो । निर्माताहरु राजेश हमालले मागे जति पैसा दिएर उनलाई आफ्नो फिल्ममा खेलाउँथे । राजेशलाई पनि रोलसोलको मतलब थिएन खेलिदिन्थे । त्यसरी उनी भएको फिल्मले लगानी बचाउँथ्यो भन्ने मान्यता बनेको थियो त्यो बेला । राजेको टाउको पोस्टरमा देखेपछि फिल्म चल्छ भन्थे निर्माता निर्देशक । अहिले फेरि नेपाली फिल्मले उही टाउको बेच्ने धन्दा थालेको छ । पहिले राजेश हमालको टाउको बिक्थ्यो अहिले दयाहाङ राइको टाउको बिक्री हुन थालेको छ । अहिले बन्ने फिल्म उहिलेको जस्तो हावादारी नभएर केही फरकपना आएको मान्नु पर्छ तर यो फरकपनामा नेपाली फिल्म कसरी अल्झियो भने उसले यही फरक स्वरुपलाई कुवा बनाएर सड्यो । फरकधारका नाममा एकै खालका सिनेमा बन्न थाले ।
#DayangHangRai
हाम्रो नेपाली सिनेमाको कमजोरी के भयो भने हामी छिट्छिटा् परिवर्तन हुन सक्दैनौं । आज राम्रो नेपाली फिल्म बन्न सक्यो भने त्यसले २० करोडसम्मको व्यापार गर्ने अवस्था रहेको छ तर हामी फेरि उही पुरानै रोगले ग्रसित भएर हिन्दी फिल्मलाई आफ्ना सारा कमजोरी लुकाउने माध्यम बनाउन थालेका छौं ।
अहिले नेपाली फिल्ममा कोही अति व्यस्त छ भने त्यो दयाहाङ राई नै हुन् । जुन फिल्मका निर्मातालाई पनि दयाहाङ राइको टाउको चाहिएको छ । जसरी पहिलेकालाई राजेश हमालको टाउको चाहिन्थ्यो ।
यसको मतलब के हो ? उही हामीसँग नयाँपन केही पनि छैन, हामीलाई आफ्नो कथा र क्षमतामा विश्वास छैन । हामीलाई कडा मेहनत र अनुसन्धान बिनै फिल्म बनाउनु परेको छ र त्यो फिल्ममा नायक दयाहाङ राईको टाउको जसरी पनि चाहिएको छ किनकि उनको टाउकोले लगानी बचाउँछ भन्ने हामीले भ्रम पालेका छौं ।
नेपाली निर्माता निर्देशकलाई मेरो अनुरोध छ, जसरी पुराना निर्माता निर्देशकले राजेश हमालको टाउकोको चक्करमा परेर क्रियटिभिटी बढाउन ध्यान नदिएका कारणले नेपाली फिल्म ध्वस्त भयो आज तपाईंहरु पनि दयाहाङ राईको टाउकोको चक्करमा परेर आफ्नो सृजनशिलता मार्ने पुरानाहरुको उही गल्ती दोहोर्याउँदै हुनुहुन्छ र दोष हिन्दी फिल्म र हललाई लगाउँदै हुनुहुन्छ ।
यसरी चल्दैन । अहिले नेपाली फिल्ममा तपाईंहरुको एकैखाले ढर्रा अति भयो । आफ्नो त्यो घेरा तोडेर आउटरमा आएर उभिनुस् र बाहिरतिर हेर्नुहोस्, दुनियाँ फरक पनि छ । नायकको टाउकोमा होइन आफ्नो टाउकोमा विश्वास गर्नुहोस् । टाउको भित्रको दिमाग प्रयोग गर्नुहोस्, अनि मात्र चमत्कार हुन्छ । अनि मात्र परिवर्तन हुन्छ ।
[caption id="attachment_10889" align="alignright" width="300"]