अहिले सत्ताधारी दल र प्रतिपक्ष फरक हुन् भन्ने एउटा पनि मुद्धा सदनदेखि सडकसम्म देखिँदैन । भागबण्डा लाएर खाने संस्कृति खुब मौलाएको छ । मेरो पनि छोड्ने भए मात्र विरोध नगर्ने भन्दै सबै पार्टीका भ्रष्टहरु जेलमुक्त हुन्छन् । कतै ठूलो कमिसनको खेल हुँदैछ भने सत्ताधारी दल र प्रतिपक्ष मिल्छन् र खान्छन् । यिनीहरु आर्थिक विकासका लागि नभएर आफू र आफ्नालाई पोस्नका लागि मात्र मिल्छन् । यसैगरी अब राष्ट्रिय सभामा पनि ३ दलले मिलिजुली खाने सहमतिमा पुगेका छन् । कति कति भागबण्डा लगाएर मिलाउनेमा तीन दलको मिटिङ चल्दैछ ।
नेपालमा राष्ट्रिय सभा चुनाव हारेका, भ्रष्ट व्यक्तित्व र पार्टीलाई चन्दा दिने दलाल विचौलिया व्यापारी, नेताकी स्वास्नी वा गर्लफ्रेण्डलाई सम्मानका साथ सेटल गर्ने कन्टेनर बनेको छ । राष्ट्रिय सभाको आवश्यकता केका लागि ? भनेर जनस्तरबाट प्रश्न उठिरहेको बेला प्रतिपक्ष र सत्ताधारी दल मिलेर खाने परिपाटीले नेपाली नेताको घिनलाग्दो चरित्र उजागर गर्नुका साथै राष्ट्रिय सभाको खारेजीको मागमा बल पुगेको छ ।
मिलिजुली बसौं बाँडीचुडी खाउँ